१० असार २०८३, बुधबार | June 25, 2026

सिरहामा नक्कली नोटको बिगबिगी 



सिरहा । सिराहामा दसैंको मुखमा नक्कली नोटको बिगबिगी बढेको पाइएको छ । सिरहाको सबैजसो बैंकहरूमा हजार र पाँच सय दरको नक्कली नोट दिनहुँ जसो भेट्ने गरेको पाइएको हो ।

सिरहा प्रहरीले बिहीबार नक्कली नोटसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । कल्याणपुर नगरपालिका- ११ बजारबाट एक हजार दरको ५ थान नक्कली नोटसहित सोही नगरपालिका १० बस्ने ३९ वर्षीय जिवछ कामतीलाई प्रहरीले पक्राउ गरेको छ ।

बजारमा मोबाइलको रिचार्ज किनेर कामतीले दिएको हजार दरको नोट नक्कली जस्तो लागेर पसलेले अर्को नोट मागेपछि अर्को पनि त्यस्तै देखिएपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई नक्कली नोटसहित पक्राउ गरेको हाे ।

सो रकम स्थानीय एक सहकारीबाट कामतीले निकालेको प्रहरीलाई बताएका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारबाट एक वर्षअघि घर फर्केका कामती खेती किसानी गर्दै अएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ३ : २४ बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार