२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

बैंकको ब्याज महंगिएपछि व्यवसायी मर्कामा



पोखरा । बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर तोकेको भन्दै पोखराका पर्यटन व्यवसायीहरुले विरोध गरेका छन् । व्यवसाय नै धान्न नसक्ने अवस्था आएको भन्दै उनीहरुले व्याजदर १ अंकमा झार्न आग्रह गरे । होटल संघ, पोखरा पर्यटन परिषद्, ओटेफ लगायतका संघ संस्थाले विज्ञप्ती नै निकालेर बैंकको ब्याजदर घटाइदिन आग्रह गरेका हुन् । पोखरा उद्योग वाणिज्य संघले पनि ब्याजदर नघटाए व्यवसाय विस्थापित हुने चेतावनी दिएको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भूकम्प र कोरानाको मारले थलिएको पर्यटन व्यवसाय लयमा फर्किन अझै लामो समय लाग्ने भएकोले व्याजदर बढाएर पीडा नदिन आग्रह गरेका छन् । ‘हामी उठ्न सकेकै छैनौं । कमाएपछि तिरिहाल्छौं । राज्यलाई कर तिरिरहेका छौं,’ उनले भने, ‘यस्तो समयमा ब्याजदर बढाउने हो भने अधिकांश व्यवसायी सटर बन्द गरेर हिड्नुपर्छ ।’

व्यवसायलाई पलायन हुनबाट जोगाउन सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने पोखरा उद्योग वाणिज्य संघको माग छ । व्यवसायीलाई सहुलियत रूपमा ऋण प्रवाह गर्ने नीति ल्याउन संघका अध्यक्ष पवनकुमार प्रजापतिले आग्रह गरे ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ९ : ५१ बजे

किसानलाई दूधमा दश रुपैयाँ अनुदान

दमौली । भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १०

दाङमा बस दुर्घटना, २२ यात्री घाइते

दाङ । डडेल्धुराबाट काठमाडौंतर्फ गइरहेको ना ८ ख ७४५५ नम्बरको

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

राँझा । यहाँको डुडुवा गाउँपालिका-५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको

दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

गलकोट । एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार