६ चैत्र २०८०, मंगलबार | March 19, 2024

नवलपरासीका पर्यटकीय क्षेत्रमा बढ्यो चहलपहल


१६ आश्विन २०७९, आइतबार  

169
Shares

त्रिवेणी । बडादसैँसँगै पर्यटकीय क्षेत्रमा चहलपहल देखिएको छ । यसअघि सुनसानजस्तै बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बाक्लो छ । दसैँका अवसरमा हुने बिदासँगै चाडपर्वको उमङ्गले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेका पर्यटकीय क्षेत्रमा दसैँ सुरु भएयता चहलपहल बढ्दै गएको छ । अन्य समयमा प्रायः सुनसानजस्ता देखिने पर्यटकीय क्षेत्रमा समेत अहिले आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । नवलपुरमा रहेका धार्मिकसँगै अन्य मनोरमस्थलमा पर्यटकको चाप बढेको छ । नवलपुरमा रहेका पर्यटकीय क्षेत्र त्रिवेणीधाम, मौलाकालिका, दाउन्ने, शाश्वतधाम, अकलादेवी, गङ्गेश्वरधाम, अमलटारी, कुमसोत, धौवादी, पोखरीताललगायतका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

जिल्लाको नारायणी तटीय क्षेत्रसहित मध्यवर्ती क्षेत्रमा जङ्गल सफारी, वन्यजन्तु अवलोकनका लागि पर्यटकको आगमन बढ्न थालेको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताए। यहाँ रहेका चारवटा सामुदायिक वनमा एकीकृतरूपमा वन्यजन्तु अवलोकनका लागि प्रबन्ध गरिएको छ । गैँडा अवलोकनका लागि अमलटारी क्षेत्र परिचित रहेको छ । वर्षाको समयमा सुनसान बनेको यस क्षेत्रमा दसैँसँगै पर्यटकको चहलपहल बढेको उनले बताए। “वर्षा पनि थियो, घुमफिरको समय सुरु भएको थिएन, अब दसैँसँगै घुमफिरका लागि आउनेहरू बढ्ने सङ्केत देखिएको छ”, उनले भने, “अहिले चहलपहल बढेको छ ।”

नवलपुरका धार्मिक पर्यटकीय क्षेत्रमा खासगरी पर्यटकको उपस्थिति बढेको छ । जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र मौलाकाली, त्रिवेणीधाम, दाउन्ने, शाश्वत धाम, अकला देवी, गलेश्वरधाममा पर्यटकको बाक्लो उपस्थिति देख्न सकिन्छ । धार्मिक पर्यटकीय क्षेत्रबाहेक प्राकृतिक स्थान कुमसोत, झरना खोला, धौवादी, नारायणी तटीय क्षेत्रमा समेत आन्तिरक पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

जिल्लाका पर्यटकीय क्षेत्रमा लगभग सबैजसो आन्तरिक पर्यटककै उपस्थिति हुने गरेको छ । चाडबाडमा घुम्ने संस्कृतिको विकास हुँदा आन्तरिक पर्यटनको प्रवद्र्धनमा समेत सहयोग पुग्न थालेको छ । पछिल्ला केही वर्षबाट मुख्य चाड सुरु भएपछि हुने बिदाको अवसरमा घुम्ने संस्कृति विकास हुँदै जान थालेको छ । यसले पर्यटन क्षेत्रका व्यवसायीसमेत उत्साहित बनेका छन् । कावासोती–१५ मा होटल सञ्चालन गर्नुभएको जीतनारायण थनेत भने, “दसैँसँगै घुमफिरका लागि हिँड्नेको जमात बढ्दै छ, मानिस घुमफिर रुचाउन थालेका छन्, यसले पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै यस क्षेत्रमा लगानी गर्ने व्यवसायीसमेत उत्साहित हुन थालेका छन् ।”

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ७ : ३९ बजे

नेपाली कांग्रेसद्वारा निरन्तर गृहमन्त्री लामिछानेको राजीनामा माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री

भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता नीति लिइएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्वको सरकार गठन भएदेखि

इलामको पाथीभरामा आठ महिनामा एक करोड बढी भेटी सङ्कलन

इलाम । इलामको रोङ गाउँपालिका-३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा आठ महिनामा

सङ्घीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयन गर्न आवश्यक

रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ब्रिफिङ भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा