१६ मंसिर २०७९, शुक्रबार | December 2, 2022

अर्घाखाँचीमा गठबन्धन र एमालेबाट पुरानै अनुहार



अर्घाखाँची । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा अर्घाखाँचीमा नेकपा एमाले र सत्तागठवन्धनबाट पुरानै अनुहार दोहोरिने निश्चित जस्तै देखिएको छ । प्रतिनिधि सभामा एमालेले केन्द्रीय सचिव टोप बहादुर रायमाझीको नाम सर्वसम्मत सिफारिस गर्दा नेपाली कांग्रेसले कांग्रेस नेतृ पुष्पा भुसालसहितको नाम पठाएको छ ।

सभापति देउवा निकट मानिएकी भुसाल पार्टीभित्रको गुट समिकरणका कारण उम्मेदवार बन्नबाट रोकिएको अवस्थामा बाहेक सामान्य अवस्थामा भुसाल बाहेक अरुले उम्मेदवारी पाउने संभावना नरहेको कांग्रेस स्रोतले जनाएको छ ।

गठवन्धनमा रहेका दलहरुबीच अर्घाखाँची नेपाली कांग्रेसले लिने सहमति भएका समाचार विवरण बाहिर आइसकेको अवस्थामा यो पटक अर्घाखाँचीमा पुरानै उम्मेदवार मैदानमा देखिने भएका छन् । यद्यपी स्वतन्त्र उम्मेदवार को आउने हो भन्ने चर्चाको विषय बनेको छ ।

दुवैलाई स्वतन्त्रको डर

कांग्रेस नेतृ पुष्पा भुसाल चुनावको बेला बाहेक विरलै अर्घाखाँचीमा देखिने नेतृ हुन् । अर्घाखाँची आउदै नआएको आरोप लाग्ने गरेकी भुसालले चुनावको मिति नजिकिएसँगै अर्घाखाँचीमा सक्रियता बढाएकी छन् । केही दिनअघि अर्घामा कम्वल बाँड्न पुगेकी भुसालको सामाजिक सन्जालमा आलोचना समेत भएको थियो ।

यता एमालेबाट सर्वसम्मत सिफारिस भएका रायमाझी माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका हुन् । प्रायजसो अर्घाखाँचीमा देखिने रायमाझीलाई पदको लोभमा पार्टी परिवर्तन गर्ने गरेको आरोप छ ।

दुवैजना पुराना अनुहारको विचमा स्वतन्त्र उम्मेदवार को आउछ भन्ने विषयले समेत निर्वाचनको परिणाममा प्रभाव पार्ने अड्कालवाजीहरु भएका छन् । सामाजिक सन्जालहरुमा केही चर्चा परिचर्चा हुनेगरेको भएपनि अर्घाखाँचीमा हालसम्म कुनैपनि व्यक्तिले स्वतन्त्र उम्मेदवारी घोषणा भने गरिसकेका छैनन ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ९ : ३४ बजे

बैतडी युवती हत्या प्रकरण : सशस्त्रका जवानको नाममा किटानी जाहेरी

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा गाउँकी २१ वर्षीया माया

बैंक–वित्तीय संस्थाले शंकास्पद कारोबारको विवरण हरेक तीन महिनामा राष्ट्र बैंकलाई बुझाउनुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कारोबारबाट हुनसक्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी

टिआइएमा यान्त्रिक परीक्षण उडान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा यान्त्रिक परीक्षण उडान

मन्दिरबाट मूर्तिसहितका धातु चोरी गर्ने तीन जना पक्राउ

लमजुङ । मन्दिरबाट मूर्तिसहितका धातु चोरी र बिक्रीमा संलग्न तीन

धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप

धनगढी । कैलालीमा ग्रेडरको ठक्करबाट पञ्चोदयमा अध्ययनरत विद्यार्थीको मृत्यु भएपछि