३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

कुछी भ्वय खाएर नेवार समुदायले महाअष्टमी मनाउँदै



काठमाडौं । बडादसैँको आठौँ दिन । नेवार समुदाय बाहेकका सम्प्रदाय र जातीहरुले कालरात्रीको पुर्जा अर्चना गर्ने गरेपनि नेवार जातीको अष्टमी पर्वको छुट्टै महत्व रहेको छ । दसैं अर्थात मोहनी नखः को महत्वपूर्ण दिनकारुपमा नेवार समुदायले आजको दिनमा बेलुका कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउने गर्दछन् । नेवारीमा कुछीको अर्थ नापेर हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । सो समुदायमा कुछी भ्वयको विशेष महत्व छ ।

कुछी भ्वयका लागि तरकारीका परिकारमात्रै १२ थरी हुन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ । केराको पातमा नापेर १ वा २ माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ घिरौला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय तयार गरिन्छ ।

नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय् खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ । कुछी भ्वय खान बस्दा कुलको जेठो व्यक्ति नउठ्दा सम्म भोजमा बसेका कोही उठ्न नपाउने प्रचलन छ । खान सुरु गर्दा पनि जेठो व्यक्तिले सुरु गरेपछि मात्र खान सुरु हुने गर्दछ ।

नेवार संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकाले यसको नाम कुलछी भ्वय हुन गएको र पछि अपभंस भएर कुछी भ्वय हुन गएको भनाइ पनि रहेको छ ।

आजै सो समुदायले घरघरमा दसैँको मासु भित्र्याउने गर्दछन् । समुदायमा टोल छिमेक मिलेर संयुक्तरुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दसैँको मासु भित्र्याउने हो । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गर्दछ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  १० : २५ बजे

खाना स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

काठमाडौँ । खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन । दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन

रौनक हराएको दसैँ

काठमाडौँ । यतिबेला कतै दसैँको रौनक छ, कतै सुनसान त

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम