२५ श्रावण २०८३, सोमबार | August 10, 2026

कुछी भ्वय खाएर नेवार समुदायले महाअष्टमी मनाउँदै



काठमाडौं । बडादसैँको आठौँ दिन । नेवार समुदाय बाहेकका सम्प्रदाय र जातीहरुले कालरात्रीको पुर्जा अर्चना गर्ने गरेपनि नेवार जातीको अष्टमी पर्वको छुट्टै महत्व रहेको छ । दसैं अर्थात मोहनी नखः को महत्वपूर्ण दिनकारुपमा नेवार समुदायले आजको दिनमा बेलुका कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउने गर्दछन् । नेवारीमा कुछीको अर्थ नापेर हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । सो समुदायमा कुछी भ्वयको विशेष महत्व छ ।

कुछी भ्वयका लागि तरकारीका परिकारमात्रै १२ थरी हुन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ । केराको पातमा नापेर १ वा २ माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ घिरौला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय तयार गरिन्छ ।

नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय् खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ । कुछी भ्वय खान बस्दा कुलको जेठो व्यक्ति नउठ्दा सम्म भोजमा बसेका कोही उठ्न नपाउने प्रचलन छ । खान सुरु गर्दा पनि जेठो व्यक्तिले सुरु गरेपछि मात्र खान सुरु हुने गर्दछ ।

नेवार संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकाले यसको नाम कुलछी भ्वय हुन गएको र पछि अपभंस भएर कुछी भ्वय हुन गएको भनाइ पनि रहेको छ ।

आजै सो समुदायले घरघरमा दसैँको मासु भित्र्याउने गर्दछन् । समुदायमा टोल छिमेक मिलेर संयुक्तरुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दसैँको मासु भित्र्याउने हो । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गर्दछ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  १० : २५ बजे

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह

समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तरराष्ट्रिय बहस

काठमाडौँ । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो

प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास व्यवसायी आक्रोशित

नेपालगन्ज । स्थानीय प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका