७ पुस २०८२, सोमबार | December 22, 2025

इंग्लिस प्रिमियर लिग : लेस्टर सिटीले नटिङ्घम फरेस्टलाई ४-० गोलले हरायो



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले फराकिलो जित निकालेको छ ।

गएराति भएको खेलमा लेस्टरले नटिङ्घम फरेस्टलाई ४-० गोलले हरायो । लेस्टरका जेम्स म्याडिसनले दुई गोल गरे । उनले खेलको २५ औँ र ३५ औँ मिनेटमा गोल गरेका हुन् । त्यस्तै खेलको २७ औँ मिनेटमा हार्वे बार्नस र ७३ औँ मिनेटमा प्याट्सन डाकाले गोल गरे ।

जितसँगै लेस्टर सिटीले ८ खेलमा ४ अंक जोडेको छ । लेस्टर अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । समान खेलमा ४ अंक नै रहेको नटिङ्घम फरेस्ट पुछारमा छ ।

यो सिजनमा नटिङ्घम फरेस्ट २३ वर्षपछि लिगमा फर्किएको हो । यो टिम सन् १९९९ मा रेलिगेसनमा परेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ७ : १४ बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि