२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

इंग्लिस प्रिमियर लिग : लेस्टर सिटीले नटिङ्घम फरेस्टलाई ४-० गोलले हरायो



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले फराकिलो जित निकालेको छ ।

गएराति भएको खेलमा लेस्टरले नटिङ्घम फरेस्टलाई ४-० गोलले हरायो । लेस्टरका जेम्स म्याडिसनले दुई गोल गरे । उनले खेलको २५ औँ र ३५ औँ मिनेटमा गोल गरेका हुन् । त्यस्तै खेलको २७ औँ मिनेटमा हार्वे बार्नस र ७३ औँ मिनेटमा प्याट्सन डाकाले गोल गरे ।

जितसँगै लेस्टर सिटीले ८ खेलमा ४ अंक जोडेको छ । लेस्टर अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । समान खेलमा ४ अंक नै रहेको नटिङ्घम फरेस्ट पुछारमा छ ।

यो सिजनमा नटिङ्घम फरेस्ट २३ वर्षपछि लिगमा फर्किएको हो । यो टिम सन् १९९९ मा रेलिगेसनमा परेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ७ : १४ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत