२० मंसिर २०८२, शनिबार | December 6, 2025

कर्णालीका मुख्यमन्त्रीले गरे गच्छेअनुसार दसैँ मनाउन आग्रह



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले दसैँलाई भड्किलो एवं खर्चिलो नबनाई आफ्नो गच्छे र संस्कृतिअनुसार मनाउन आग्रह गरेका छन् ।

विजयादशमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै शाहीले विकृति र तडकभडकबाट टाढै राखेर दसैँ मनाउँदा यसको मौलिकता जोगिने बताएका हुन् । मुख्यमन्त्री शाहीले दसैँले नेपाली समाजलाई एकताको सूत्रमा बाँधेको बताएका छन् । “दसैँले व्यक्ति, परिवार र समाजलाई आपसमा जोड्नुका साथै सामाजिक सद्भाव, एकता र भातृत्वको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ”, शुभकामना सन्देशमा भनिएको छ, “समाज एकताबद्ध हुँदा मुलुकको सार्वभौमसत्ता र अखण्डता बलियो हुन जान्छ । दसैँ नेपालीको ठूलो चाड भएकाले सबैमा सद्भाव, मेलमिलाप र भ्रातृत्व बढाउन यसको महत्वपूर्ण भूमिका रहेको छ । ”

मुख्यमन्त्री शाहीले विजयादशमीले कर्णालीको विकास र समृद्धिका लागि प्रदेश सरकारको ‘छ ब’ (बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार) लाई अघि बढाउन र सहकार्य तथा सरोकारको मूल कार्यनीतिलाई कार्यान्वयन गर्न सबै राजनीतिक दल, सङ्घसंस्था, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्रलगायत आम कर्णालीवासीलाई पे्ररणा मिल्ने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ८ : ३३ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय