२९ पुस २०८२, मंगलबार | January 13, 2026

कोसी कटानको मन्दिरमा ३३ वटा बोकाको बलि



इनरुवा । सुनसरीको कोसी गाउँपालिका-४ स्थित कोसी कटानमा निर्माण गरिएको दुर्गा तथा काली मन्दिरमा ३३ वटा बोकाको बलि दिइएको छ ।

बडादशैँको महानवमीका दिन त्यहा निर्माण गरिएको काली तथा दुर्गा मन्दिरमा ३३ वटा बोका र दुईवटा राँगाको बलि दिइएको मेला समितिका अध्यक्ष अरुणकुमार मण्डलले जानकारी दिए ।

स्थानीयवासी तथा भक्तजनले गरेको भाकल पूरा भएकाले बलि दिएको बताइएको छ । यसैबीच बडादशैँको अवसरमा सुनसरीको विभिन्न ठाउँमा निर्माण गरिएको दुर्गा तथा काली मन्दिरमा पनि मेला लागेको छ ।

सुनसरी सदरमुकाम इनरुवा-२ स्थित बिहीबारे हाट, इनरुवा ९ बवीया, कोसी कटान, कोसी गाउँपालिका-६ श्रीपुरजब्दी, हरिपुर, भण्टावारी, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर, देवानगञ्ज गाउँपालिकालगायत क्षेत्रमा निर्माण गरिएको मन्दिरमा पूजा गर्न भक्तजनको भीड लागेको थियो ।

मेला लागेको ठाउँमा राति सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको मेला आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ८ : ४७ बजे

विशेष महाधिवेशन स्थलमा नाराबाजी, निर्वाचन प्रक्रिया सुरु गर्न माग

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन बन्दसत्रमा यथासिघ्र निर्वाचन प्रक्रिया

विप्लव नेकपा माओवादीका केन्द्रीय प्रशिक्षक सुवेदी प्रचण्ड नेकपामा प्रवेश

काठमाडौं । विप्लव नेतृत्वको नेकपा (माओवादी) पार्टी परित्याग गरी सो

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति, २ः३० बजे पुनः वार्ता

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय

इक्यानको अध्यक्षमा पौडेल चयन

काठमाडौं । शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) को २० औँ

संस्कृति संरक्षणमा थारू समुदायका युवा पुस्ताले अग्रसरता लिन थाले

दाङ । यहाँ पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा