२७ श्रावण २०८३, बुधबार | August 13, 2026

कोसी कटानको मन्दिरमा ३३ वटा बोकाको बलि



इनरुवा । सुनसरीको कोसी गाउँपालिका-४ स्थित कोसी कटानमा निर्माण गरिएको दुर्गा तथा काली मन्दिरमा ३३ वटा बोकाको बलि दिइएको छ ।

बडादशैँको महानवमीका दिन त्यहा निर्माण गरिएको काली तथा दुर्गा मन्दिरमा ३३ वटा बोका र दुईवटा राँगाको बलि दिइएको मेला समितिका अध्यक्ष अरुणकुमार मण्डलले जानकारी दिए ।

स्थानीयवासी तथा भक्तजनले गरेको भाकल पूरा भएकाले बलि दिएको बताइएको छ । यसैबीच बडादशैँको अवसरमा सुनसरीको विभिन्न ठाउँमा निर्माण गरिएको दुर्गा तथा काली मन्दिरमा पनि मेला लागेको छ ।

सुनसरी सदरमुकाम इनरुवा-२ स्थित बिहीबारे हाट, इनरुवा ९ बवीया, कोसी कटान, कोसी गाउँपालिका-६ श्रीपुरजब्दी, हरिपुर, भण्टावारी, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर, देवानगञ्ज गाउँपालिकालगायत क्षेत्रमा निर्माण गरिएको मन्दिरमा पूजा गर्न भक्तजनको भीड लागेको थियो ।

मेला लागेको ठाउँमा राति सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको मेला आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ८ : ४७ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको