५ आश्विन २०८३, सोमबार | September 21, 2026

जसपालाई सिराहामा धक्का, केन्द्रदेखि नगरसम्मका नेताले गरे सामुहिक राजीनामा



सिरहा । सिराहामा खम्बाको रुपमा परिचित जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय सदस्य सहितका नेता तथा कार्यकर्ताले सामुहिक राजीनामा दिएका छन् ।

जसपा नेपालका केन्द्रीय परिसद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंहलगायतका नेता तथा कार्यकर्ताहले सोमबार चोहर्वामा कार्यक्रम गरि पार्टीबाट सामुहिक राजिनामा दिएको हो ।

जसपा पार्टी परित्याग गर्नुको मुख्य कारण पार्टीको नेतृत्वकर्ता नै विधि विधानअनुसार नगएर जसपा पार्टी प्राइभेट लिमिटेड पार्टीको रुपमा स्थापना भैरहेकोले सामुहिक राजीनामा दिएको जसपा नेपालका केन्द्रीय परिसद सदस्य रामचलितर साहले जनाए । उनले भने ुजसपाका नेताहरूले पार्टीलाई आफनै विरासत सम्झिनेगरेकोले आफुहरु बाध्य भएर राजिनामा गर्नुपरेको बताए ।ु
उनले थपे । विकास निर्माणकै कुरा गर्दा जसपा पार्टीले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलायो तर बिकास निर्माणको काममा सिराहा सुन्य रहेको उनले दुख व्यक्त गरे ।

मधेसवादीको स्थापना भएको बेला बिभेदलाई अन्त गर्नका लागि जसपा पार्टी स्थापना त भयो तर पार्टीले मुख्य एजेन्डा हरु छोडेर जानथालेपछि आफुहरु पार्टी परित्याग गर्न बाध्य भएको मधेश प्रदेश सदस्य मनोज कुमार सिंहले बताए। उनले भने,जसपा पार्टी तानासाही पार्टी रहेकोले हामि लगायत हजारौको संख्यामा जिल्ला भरिका १७ वटै स्थानिय तहका कार्यकर्ताहरुले पार्टी परित्याग गरेको बताए ।
जसपा नेपालका संघीय परिषद सदस्य राम चलितर साह, प्रदेश सदस्य मनोज सिंह ,प्रदेश सदस्य विना शर्मा, गोलबजार नगर सचिव ज्ञान कुमार सिंह, वरिष्ठ उपाध्यक्ष बोनोद राई र वरिष्ठ राजनितीज्ञ राम आशिष राई लगायतका नेता तथा कार्यकर्ताहरुले सामुहिक राजिनामा दिएका हुन् ।

सामुहिक राजिनामा गरिएका जसपा नेपालका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा पार्टी प्रवेश गर्ने स्रोतको दावी छ । जसपाका मधेश प्रदेश सदस्य मनोज कुमार सिंह अघिल्लो निर्वाचनमा क्षेत्र नस्(३ञकझ बाट प्रदेश सभा सदस्य र ,दोस्रोपटकको स्थानिय तह निर्वाचनमा नगर प्रमुखको प्रत्याशी रहेको थियो । सिंहलाई ४ मङ्सिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा एमालेले प्रदेश ३ ञकझको लागि टिकेट दिने भएकोले जसपा परित्याग गरि एमाले प्रवेश गर्ने स्रोतले दावी गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ११ : ०० बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन