२३ भदौ २०८३, मंगलबार | September 8, 2026

यो वर्षको नेपालभाषा साहित्य तःमुज्या आगामी शुक्रबार र शनिबार



भक्तपुर । प्रत्येक वर्ष दसैंमा हुँंदै आएको नेपाल भाषा साहित्य तःमुंज्या ९सम्मेलन० यो पटक २१ र २२ असोज (शुक्रबार र शनिबार) दुई दिन हुने भएको छ । जनता म्वासा भाषा म्वाई (जनता रहे भाषा रहन्छ) भन्ने नाराका साथ फरक फरक वर्षमा भक्तपुर नगरका फरक फरक खुल्ला स्थानमा बृहत रुपमा हुँंदै आएको सम्मेलनको ४२औं श्रृंखला यो वर्ष भक्तपुर नगरपालिका वडा नं १ भार्वाचो भक्तपुरमा हुने भएको हो ।

४२औं नेपालभाषा साहित्य तःमुज्या (सम्मेलन) का आयोजक समितिका संयोजक एवं भक्तपुर नगरपालिका-१ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले पहिलो दिनको सभापति शिक्षक ज्ञानसागर प्रजापति र दोश्रो दिनको सभापति भक्तपुर सूर्यविनायक नगरपालिकाकी चानुमति खुलीमुली रहने जनाइएको छ । कार्यक्रमको प्रमुख अतिथि भने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें रहने जनाइएको छ ।

कार्यक्रममा नयाँं पुराना साहित्यकारले विभिन्न भाषामा आफना रचना वाचन गर्ने कार्यक्रम राखिएको छ । कथा, कविता, निवन्धलगायतका विधाहरुमा प्रतियोगी तथा अप्रतियोगी रचना दुवै दिन वाचन गरिनेछ ।

दुवै दिन दिनभरदिनभर हुने सम्मेलनको क्रममा रातको समयमा भने प्रतियोगी नाटक, ख्याल ९प्रहसन० हरु देखाइने छन् । दुवै दिन विशिष्ट क्षेत्रका विशिष्ट व्यक्तिबाट मन्तव्यको कार्यक्रम पनि राखिएको छ । राजनिज्ञ, साहित्यकार, पत्रकार, वकिल, जलश्रोतविज्ञ, कानुनविद्लगायतबाट मन्तव्यको कार्यक्रम पनि राखिएको छ । साथै, बीचबीचमा नृत्य पनि देखाइने छ ।

प्रतियोगिताको क्रममा उत्कृष्ट साहित्यकार, कलाकार तथा लेखकलाई पछि छुटै कार्यक्रम गरी पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने कार्यक्रम राखिएको छ । नेपालभाषाको साहित्य क्षेत्रलाई अगाडि बढाउन सहयोग गर्ने उद्देश्यले प्रत्येक वर्ष दसैमा यो कार्यक्रम चल्दै आएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  २ : ३५ बजे

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा