६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

आधुनिक घट्टले खुड्खुडीमा फेरियो दैनिकी



सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका( ३ खुड्खुडीका लालबहादुर आले मगर तीन घण्टाको पैदल यात्रा गरेर घट्ट पुग्थे । हिँडेर घट्ट पुगे पनि सित्तिमित्ती पालो पाउदैनन् थिए । दुईदेखि चार घण्टा पालो कुरेपछि मात्रै पिसेर घर फर्किन्थे । बिहान भिसमिसेमै घट्ट पुगे बेलुका अबेर मात्रै फर्कन सक्थे ।

तर, अचेल उनको दिन फेरिएका छन् । गहुँ, मकै पिसानी गर्न दुःखै छैन । गाउँमै आधुनिक घट्ट निर्माणसँगै खुड्खुडीका बासिन्दामा यो परिवर्तन आएको हो । ठाटीकाँध( ३ माझखर्ककी मैनकला शाहीका दुःख पनि आलेजस्तै थिए । बिहान भालेको डाकोसँगै उठ्थिन । कुम्लोकुटिरो बोकेर टार्च बालेर एक महिनालाई पुग्ने गहुँ पिस्न तीनदेखि चार घण्टाको बाटो हिडेर रामघाट खोला पुग्थिन् । सित्तिमित्ती घट्ट पिस्ने पालो पाउदैन थियो । घट्टमा भीड हुन्थ्यो ।

अगाडी पालो नपाउने कुराले मन खिन्न बनाउदै बस्नुपरेको दिन ताजै रहेको अहिले सम्झिन्छिन् उनी । लालबहादुर र मैनकला जस्तै यहाँका एक सय चार घर परिवारका समस्या उस्तै थिए । तर, अहिले दिन फेरिएका छन् । ठाटीकाँध गाउँपालिका(३ खुड्खुडीमा आधुनिक घट्ट निर्माण भएपछि यहाँका एक सय चार घरदुरी लाभावन्वित भएका हुन् । अहिले आधा(एक घण्टामै घट्ट पिस्ने सुविधा छ ।

उनीहरूका अब मकै गहुँ पिस्ने समस्या टरेको छ । ठाटीकाँध गाउँपालिका र युयनडिपीको आर्थिक सहयोगमा खुड्खुडी आधुनिक घट्ट निर्माण योजना सम्पन्न भएपछि एकसय चार घर लाभान्वित भएका हुन् ।

ठाटीकाँध गाउँपालिका र युयनडिपीको सहयोग गरी कुल पाँच लाख ७५ हजार एक २२ रुपैयाँमा निर्माण सम्पन्न भएको घट्ट बाहकोट, खुड्खुडी र माँझखर्क विशालाका नागरिकका लाभान्वित भएका छन् । अन्न पिस्न आउनेहरूले प्रति बोरा ज्यालास्वरुप ५० र ३० केजी पिसेबापत तीन कुरुवा अन्न कोषमा जम्मा गर्ने गर्ने गरेको आलेको भनाइ छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ४ : ५४ बजे

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन