११ बैशाख २०८१, मंगलबार | April 23, 2024

सिराहामा जसपाका नेता कार्यकर्ताले दिए सामूहिक राजीनामा



सिरहा । सिराहामा जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय सदस्यसहितका नेता तथा कार्यकर्ताहरुले सामुहिक राजिनामा दिएका छन् । जसपा नेपालका केन्द्रिय परिसद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंह,लगायतका नेता तथा कार्यकर्ताहरुले एक कार्यक्रम आयोजना गरी पार्टीबाट सामूहिक राजिनामा दिएका हुन् ।

जसपा प्राइभेट लिमिटेड पार्टीको रुपमा काम गरकाले सामूहिक राजिनामा दिएको जसपा नेपालका केन्द्रिय परिसद सदस्य रामचलितर साहले बताए । जसपाका नेताहरूले पार्टीलाई आफनै विरासत सम्झिने गरेकोले आफूहरु बाध्य भएर राजिनामा गर्नुपरेको उनले बताए ।

जसपाले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलायो तर बिकास निर्माणको काममा सिराहा शून्य रहेको उनले दुख व्यक्त गरे ।पार्टीले मुख्य एजेन्डा छोडेपछि आफुहरु पार्टी परित्याग गर्न बाध्य भएको मधेश प्रदेश सदस्य मनोज कुमार सिंहले बताए।

सामूहिक राजिनामा दिएका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा पार्टी प्रवेश गर्ने स्रोतको दावी छ । जसपाका मधेश प्रदेश सदस्य मनोज कुमार सिंह अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्य र दोस्रोपटकको स्थानिय तह निर्वाचनमा नगर प्रमुखका प्रत्यासी थिए । सिंहलाई मङ्सिर ४ गतेहुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा एमालेले प्रदेश ३ बाट टिकेट दिने भएकोले जसपा परित्याग गरि एमाले प्रवेश गर्ने स्रोतले दावी गरेको छ ।

 

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ८ : २१ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना