१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

भारी वर्षाकैबीच दुर्गा भगवतीका मुर्ति विसर्जन



नेपालगन्ज । भारी वर्षाकैबीच नवरात्रमा नेपालगन्ज र यस आसपासमा स्थापना गरिएको दुर्गा भगवतीका मुर्तिहरु विसर्जन गरिएको छ । नवमीका दिन देखि परेको अबिरल वर्षातकैबीच बडा दशैका लागि स्थपाना गरिएका दुर्गा भगवतीको मुर्ती राप्तीनदी तथा मानखोलामा विसर्जन गरिएको हो ।

नेपालगन्ज र त्यस आसपासमा स्थापना गरिएका मुर्तिहरु बाँकेको कम्दी घाटमा रहेको राप्तीनदीको पुल मुनी बिर्शजन गरिएको छ भने कोहलपुर र खजुरा क्षेत्रमा स्थापना गरिएको मुर्ती बाँके र बर्दियाको सिमानामा बग्ने मानखोलामा विसर्जन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

अविरल वर्षाकै बीच उर्लेका नदिहरुमा शान्तिपूर्णरुपमा मुर्ति विसर्जन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । सम्भाव्य विपद र जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको थियो ।

आजै बर्षातको कारण बुधबार स्थगित गरिएको राबण बध कार्यक्रम बिहीबार साँझ विधिवत तरिकाले सम्पन्न गरिएको रामलिला संचालक समितिले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ९ : १५ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू