४ पुस २०८२, शुक्रबार | December 20, 2025

अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको छ ।

कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले गएरातिदेखि भारी वर्षा भइरहेको जनाएको छ । विभागको कञ्चनपुर शान्तिपुरबेलौरीस्थित वर्षा मापन केन्द्रमा गएको १२ घण्टामा एक सय २५ मिमी, छ घण्टामा ८३ दशमलव आठ र तीन घन्टामा ६२ दशमलव २ मिमी वर्षा मापन भएको छ ।

कार्यालय प्रमुख सञ्जय साहले भने, “आजदेखि वर्षा गराउने प्रणाली केही कमजोर हुँदै गएको देखाए पनि मनसुन निक्रिष्य हुन भने अझै समय लाग्न सक्नेछ ।”

यो महिनाको अन्तिमसम्ममा वर्षा हुने पूर्वानुमान गरिएकाले नदीमा आउने बाढी र तटीय क्षेत्रमा हुनसक्ने डुबानको जोखिमबाट सचेत रहन र पाकेको धानबाली काट्नका लागि अझैँ एक हप्ता पर्खिन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ९ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको