१० असार २०८३, बुधबार | June 24, 2026

सुदूरपश्चिमको राजधानी अन्यत्र सार्ने षडयन्त्र भएको एकीकृत समाजवादीको आरोप



कैलाली । नेकपा(एकीकृत समाजवादी) गोदावरी नगर र चुरे गाउँपालिका संगठनले  गोदावरी राजधानीका लागि प्रस्तावित जग्गा भोगाधिकार दिन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल मार्फत सुदूरपश्चिम प्रदेशको राजधानी तोकीएकै ठाउँमा जग्गा भोगाधिकारको निर्णय गरिदिन ध्यानाकर्षण पत्र बुझाएको नेकपा(एकीकृत समाजवादी) चुरे गाउँकमिटी इन्चार्ज सुरेन्द्र खडायतले जानकारी दिए ।

ज्ञापनपत्र बुझाएपछि एकीकृत समाजवादीले प्रकाशित गरेको विज्ञप्तीमा भनिएको छ, ‘सो क्षेत्रमा जग्गा भोग चलनको कानूनी अड्चनका कारण देखाई अहिलेको नेपाली कांग्रेस र एमालेको गठबन्धको सरकारले राजधानी अन्यन्त्र सार्ने प्रपन्च गरीरहेको भन्ने हाम्रो बुझाई छ, दुई तिहाईको सरकारले पारित गरेको ठाउँमा नेपाल सरकारले मन्त्रीपरिष स्तरिय निर्णय गराई प्रदेश सरकारलाई जग्गा भोगचलनको अधिकार प्रत्यायोजन गर्न नेपाल सरकारलाई प्रमुख जिल्ला अधिकारी मार्फत गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौं ।झ

सुदूरपश्चिम प्रदेश सभाले २०७५ साल असोज १२ गते प्रदेशको राजधानी गोदावरी नगरपालिकाको वडा नं २ तोक्ने प्रस्ताव सभाबाट पारित गरेको थियो । संघिय सरकारले जग्गा भोगाधिकार नदिएका कारण कार्यन्वयनमा समस्या भएको एकीकृत समाजवादीको ठहर छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ८ : ०६ बजे

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

नारायणगढ । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो

रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढीको उम्मेद्वारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ सदस्यीय केन्द्रीय

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५

कूटनीतिमा महिला दिवस : विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा