१८ माघ २०८२, आइतबार | February 2, 2026

चितवनका तीनवटै क्षेत्रमा खुल्यो निर्वाचन अधिकृतको कार्यालय



चितवन । आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चितवनका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रत्यक्ष निर्वाचन तर्फको उम्मेदवारी दर्ता गर्न ३ दिन बाँकी रहँदा जिल्लाका ३ वटौ निर्वाचन क्षेत्रमा कार्यालय संचालनमा आएको हो ।

चितवन क्षेत्र नं २ का लागि भरतपुर महानगरपालिका वडा नं १० स्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने क्षेत्र नं. १ का लागि पूर्वीचितवनको खैरहनी नगरपालिकाको भवनमा विहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । त्यसैगरि क्षेत्र नं.३ का लागि भने भरतपुर महानगरपालिका–१५, रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयको भवनमा स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले बताएका छन् ।

भरतपुर–१० मा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृतमा रितेन्द्र थापा छन् भने क्षेत्र नं. १ को निर्वाचन अधिकृतमा रेशममणि सिग्देल रहेका छन् तथा क्षेत्र नं.३ को निर्वाचन अधिकृतमा हरिसिंह धामी रहेका छन्।

निर्वाचनलाई व्यवस्थित र सभ्य बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज सर्वदलिय बैठक बोलाएको छ । बैठकमा आचारसंहितालगायतका विषयमा छलफल हुने बताईएको छ । चितवनमा प्रतिनिधि सभातर्फ ३ र प्रदेशसभा तर्फ ६ वटा निर्वाचन क्षेत्र रहेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ९ : ३३ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन