१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

भियतनामसँग पराजित नेपाल बाहिरियो



काठमाडौं । भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेसंगै नेपाल बाहिरिएको छ ।

शुक्रबार राति नेपाल भियतनामसंग ५-० ले पराजित भयो । आयोजक भियतनामलाई जित दिलाउन कोङ फुओङ, होआङ सन, लोङ भु, दिन्ह् थुओङ र भान दान्हले एक एक गोल गरे ।

छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोलले पराजित भएको थियो । यता, भियतनामको यो लगातार दोस्रो जित हो । उसले पहिलो खेलमा चाइनिज ताइपेलाई ४-० ले हराएको थियो ।

समूह ‘एफ’ मा भियतनाम ६ अंकसहित शीर्ष स्थानमा छ । यता, थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा छ । नेपाल भने अंकबिहीन छ । नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । समूह विजेता सिधै एसियन कपमा छनोट हुनेछन् भने उपविजेता उत्कृष्ट ६ टोलीले एसियन कप खेल्नेछन् ।

 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ७ : ४७ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ