२७ असार २०८३, शनिबार | July 12, 2026

भियतनाममा नयाँ भेरियन्टको भाइरस भेटियो, नयाँ भेरियन्ट हावाबाट छिटो फैलिने



एजेन्सी । भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर अझै बढी संक्रमक र सरुवा भएको विज्ञहरुले बताएका छन् ।

भियतनामा भेटिएको भेरियन्ट हावाबाट छिट्टै फैलिन सक्ने अधिकारीहरुले बताएका छन् । भाइरसहरु जुनसुकै बेला रुप परिवर्तन गरिरहने र कतिपय अवस्थामा रुप परिवर्तन भएर कमजोर हुने र हराएर जाने समेत हुन्छ । तर कतिपय भाइरसहरु भने रुप परिवर्तन भएर बलियो र बढी संक्रामक हुने गरेको अध्ययनहरुले देखाएका छन् ।

सन् २०१९ को डिसेम्बरमा कोभिड-१९ फेला परेको केही समयपछि नै सन् २०२० को जनवरी महिना मा नै यसका हजारौं परिवर्तित रुपहरु फेला परेका थिए । भियतनामा बेलायत र भारतको भेरियन्ट समिश्रण भएर बनेको नयाँ हाइब्रिड भेरियन्टका विषयमा सार्वजनिक रुपमै जानकारी दिएको जनाइएको छ ।

नयाँ भेयिन्ट हावाबाटै फैलिनै भएकाले बढी जोखिमपूर्ण रहेको छ । कोरोना विरुद्ध बनेका खोपहरु फाइजर र एस्ट्राजिनिकाको दुबै डोज लगाएकाहरुलाई भारतीय भेरिन्यन्टले खासै धेरै असर नगरेको अध्ययनहरुले देखाएका छन् ।

हालै भियतनामामा फेला परेको कोरोना विरुद्धको नयाँ भेरियन्टले विरामीहरुलाई कति बढी खतरापूर्ण छ र खोपले कस्तो काम गर्छ भन्ने विषय अध्ययनकै क्रममा रहेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ७ : ३७ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका