२० मंसिर २०८२, शनिबार | December 6, 2025

नागरिक उन्मुक्ति पार्टीबाट यी हुन् कैलालीका उम्मेदवार



धनगढी । टीकापुर घटनामा अदालतले जन्म कैदको फैसला सुनाइएका निलम्बित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टीले कैलाली जिल्लाका लागि प्रतिनिधिसभा र प्रदेशसभातर्फका उम्मेदवारको टुंगो लगाएको छ ।

सो पार्टीका प्रवक्ता दामोदर पण्डितका अनुसार जिल्लामा प्रतिनिधिसभातर्फका ५ र प्रदेशसभातर्फका १० सिटको उम्मेदवारको नाम पार्टीले टुंगो लर्गाको हो ।

कैलाली क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवार चयन गरिएको छ भने प्रदेशसभा (क) मा कैलाली जिल्ला कमिटी अध्यक्षसमेत रहेका कैलाश चौधरी र (ख) मा लक्ष्मण किशोर थारुलाई उम्मेदवार बनाइएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ अरुणकुमार चौधरी, प्रदेशसभा (क) मा पार्टी महासचिव रतनकुमार थापा र (ख) मा रामेश्वर चौधरी उम्मेदवार बन्नेछन् । थापा एमाले कैलालीका निवर्तमान अध्यक्षसमेत हुन् । उनलाई एमालेले कारवाही गरेपछि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए ।

निर्वाचन क्षेत्र नम्बर ३ मा पार्टी केन्द्रीय सदस्य गंगा चौधरी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नेछन् भने प्रदेशसभा (क) मा घनश्याम चौधरी र (ख) मा खुसीराम चौधरी (भिमसेन) उम्मेदवार हुनेछन् । क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा कैन्या चौधरी, प्रदेशसभा (क) मा राजेन्द्र देवकोटा र प्रदेशसभा (ख) मा कमल भट्टलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ ।

त्यसैगरि नागरिक उन्मुक्ति पार्टीले क्षेत्र नम्बर ५ मा टीकापुर घटनामा दोषी ठहर भएका लक्ष्मण थारुलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ भने प्रदेशसभातर्फ नाम गोप्य राखिएको छ ।

शुक्रबारसम्म देशभरका ४१ जिल्लामा उम्मेदवार उठाउने तयारी रहेको प्रवक्ता पण्डितले बताए । मनोनयन दर्ताको समयसम्म त्यो संख्या बढेर ५० जति पुग्ने उनले दाबी पनि गरे ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ७ : ५१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय