९ पुस २०८२, बुधबार | December 24, 2025

सत्ता गठबन्धनसँग सहमतिपछि लोसपाले टुंग्यायो प्रतिनिधिसभाका उम्मेदवार (सूचीसहित)



काठमाडौं । सत्तारूढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी तालमेलका लागि सहमति भएको छ । शनिबार भएको सहमितमा लोसपाले प्रतिनिधि सभातर्फ आठ सिट पाएको छ ।

सहमतिसँगै लोसपाले प्रतिनिधि सभातर्फका उम्मेदवार पनि टुंग्याएको छ । यस्तै लोसपाले प्रदेश सभातर्फ १६ सिटमा सहमति गरेको छ । लोसपाका अनुसार सप्तरी २ मा जयप्रकाश ठाकुरले टिकट पाएका छन् ।

यस्तै धनुषा ३ मा अनिलकुमार झा, महोत्तरी २ मा शरतसिंह भण्डारी, महोत्तरी ३ मा महन्थ ठाकुर, सर्लाही १ मा रामप्रकाश चौधरी, सर्लाही २ मा राजेन्द्र महतो, बारा ३ मा प्रमोद गुप्ता र पर्सा १ मा लक्ष्मणलाल कर्णले टिकट पाएका छन् ।

लोसपा नेता लक्ष्मणलाल कर्णका अनुसार गठबन्धनले दिएको प्रतिनिधि र प्रदेश सभाका सबै सिट मधेश प्रदेशकै हुन् ।

बाँकी क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा हुने कर्णले बताए । जसपा गठबन्धनबाट बाहिरिएपछि लोसपाले गठबन्धनसँग मधेश प्रदेशका लागि सहमति गरेको हो ।

यस्तो छ लोसपाका उम्मेदवारको सूची

१.सप्तरी २ जय प्रकाश ठाकुर

२.धनुषा ३ अनिलकुमार झा

३.महोत्तरी २ शरत सिंह भण्डारी

४.महोत्तरी ३ महन्थ ठाकुर

५.सर्लाही १ राम प्रकाश चौधरी

६.सर्लाही २ राजेन्द्र महतो

७.बारा ३ प्रमोद गुप्ता

८.पर्सा १ लक्ष्मण लाल कर्ण

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : २८ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना