२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

लोसपाको केन्द्रीय कार्य समिति केन्द्रीय महाधिवेशन तयारी समितिमा परिणत



काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मौजुदा केन्द्रीय कार्य समितिलाई केन्द्रीय महाधिवेशन तयारी मूल समितिमा परिणत गरेको छ ।

यही भदौ १९ र २० गते काठमाडौँमा पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले आगामी वैशाख २६ गते केन्द्रीय महाधिवशेन आयोजना र त्यसका लागि कात्तिक मसान्तभित्र सदस्यता अभियान सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले संविधान संशोधनका लागि विगतमा उठाइएका मधेसका सबै मुद्दाको सङ्कलन गर्दै मधेसी, थारु र अन्य उत्पीडित जनताका अधिकार कायम गराउन सबै दलसँग सहकार्यका लागि अपिल गर्ने निर्णय गरेको अध्यक्ष ठाकुरले जानकारी दिए।
लोसपाले संविधान संशोधनको एजेण्डा तय गर्न वरिष्ठ नेता लक्ष्मणलाल कर्णको संयोजकत्वमा दानबहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य रहने गरी तीन सदस्यीय कार्यदल बनाएको छ ।

बैठकले बृहत राजनीतिक शाक्ति अभियान निर्माणमा सहकार्य गरेका सबै व्यक्ति र शाक्तिलाई पार्टीमा गोलबन्द हुन आह्वानसमेत गरेको छ । माध्यामिक शिक्षा परीक्षा (एसइई)को परिणाम खस्किदै गइरहेकामा चिन्ता व्यक्त गर्दै लोसपाले विषयगत शिक्षकको आभाव र समय सापेक्ष पाठ्यक्रम नभएका कारण नतिजा खस्केको निष्कर्ष निकालेको छ ।

पार्टीले विषयगत शिक्षकको नियुक्ति तथा समय सापेक्ष सीपमुलक पाठ्यक्रमको निर्माण गर्न सरकारसँग माग गरेको छ । मधेस प्रदेशलगायत अन्य जिल्लामा बालिनाली सुक्खाग्रस्त भएकाले किसानलाई अल्पकालीन र दीर्घकालीन व्यवस्थापन गर्न सरकारसँग माग गर्ने निर्णय गरिएको अध्यक्ष ठाकुरले जानकारी दिए ।

लोसपाले ऊखु किसानले हालसम्म नेपाल सरकारबाट पाउनुपर्ने अनुदान प्राप्त गर्न नसकेकाले तत्काल अनुदान निकासको लागि माग गरेको छ ।

 

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  ५ : ५५ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र