काठमाडौं । निर्वाचन आयोगले दलहरुले बुझाएको प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । दलहरुले गत असोज २ र ३ गते बुझाएको र असोज १५ र १६ गते संशोधन गरेको बन्द सूचीलाई आयोगले आईतबार बिहान सार्वजनिक गरेको हो ।
राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए भने उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो । प्रतिनिधि सभातर्फ समानुपातिकम ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर १ मा ३६ वटा दलका ६ सय ६१ जनाको उम्मेदवारी परेको छ भने मधेस प्रदेशमा ३६ दलका ९ सय ४८ उम्मेदवारी परेको छ । बागमती प्रदेशमा ४१ दलका ८ सय २५ जनाको उम्मेदवारी परेको छ भने गण्डकी प्रदेशमा ३१ दलका ३ सय ६८ जनाको उम्मेदवारी परेको छ ।
यस्तै लुम्बिनी प्रदेशमा ३२ वटा दलबाट ६ सय ५७ जनाको उम्मेदवारी परेको छ भने कर्णाली प्रदेशमा २८ वटा दलबाट २ सय २२ जनाको उम्मेदवारी परेको छ र सुदूर पश्चिम प्रदेशमा ३४ दलबाट ३ सय ७६ जनाको उम्मेदवारी परेको आयोगले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तो छ आयोगले सार्वजनिक गरेको सूची :


















प्रतिक्रिया