२० माघ २०८२, मंगलबार | February 3, 2026

कास्कीमा उम्मेदवारी मनोनयनको तयारीमा दलहरु



कास्की । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनको आज हुने उम्मेदवार मनोनयन दर्ताका लागि दलहरू अन्तिम तयारीमा जुटेका छन् ।

कास्कीमा क्रियाशील राजनीतिक दलमध्ये गठबन्धनका दल, नेकपा (एमाले) तथा अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारहरू पनि उम्मेदवारी दर्ताको तयारीमा लागेका हुन् ।

उम्मेदवारी मनोनयनको तयारी सम्बन्धमा कास्कीका गठबन्धनका दलहरूको बैठक नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसिरहेको कांग्रेस कास्कीका सचिव भानु ढकालले जानकारी दिए । एमालेका तर्फबाट कास्कीका तीनवटै क्षेत्रमा दिउँसो १ बजे आसपासको समयमा मनोनयन दर्ता गर्न जाने कार्यक्रम रहेको एमाले गण्डकी प्रदेशका उपसचिव रश्मी आचार्यले जानकारी दिए ।

निर्वाचन आयोगको तालिकाअनुसार दिउँसो १० देखि ५ बजेसम्म उम्मेदवार मनोनयनको कार्यक्रम छ ।

यसअघि उम्मेदवारी मनोनयनलाई लक्षित गरी प्रदेश निर्वाचन कार्यालय पोखराले शनिबार जिल्लामा क्रियाशील राजनीतिक दलसहितको सर्वपक्षीय बैठक गरेको थियो ।

कास्कीमा क्षेत्र नं १ को पशु सेवा निर्देशनालय परिसर हस्पिटल चोक, क्षेत्र नं २ को पोखरा सभागृह परिसर, सभागृहचोक र क्षेत्र नं ३ को जिल्ला समन्वय समितिको कार्यालयमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार मनोनयन दर्ता हुने जनाइएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ९ : २४ बजे

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

जलेश्वर  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नं

सम्बन्ध सहकारीद्वारा स्थापना दिवसमा साधना विद्यालयलाई शैक्षिक सामग्री प्रदान

बुटवल । बुटवल-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका