३० असार २०८३, मंगलबार | July 14, 2026

बुटवल उपमहानगरपालिकामा २५ गतेदेखि एचपिभी खोप सञ्चालन हुने



बुटवल । बुटवल उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान यस वर्ष पनि सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकाले माघ अन्तिम साता कक्षा ६ मा अध्ययनरत बालिका तथा किशोरीहरूलाई लक्षित गर्दै विद्यालयमै पुगेर खोप प्रदान गर्ने तयारी गरेको हो ।

बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखाका फोकल पर्सन कल्पना भुसालका अनुसार माघ २६ गतेदेखि ३० गतेसम्म पाँच दिन सञ्चालन हुने अभियानमा करिब २ हजार २०० बालिकालाई एचपिभी खोप लगाइनेछ । खोप १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई लक्षित गरिएको उनले जानकारी दिइन् ।

भुसालका अनुसार खोप विद्यालयमै पुगेर दिइने भएकाले बालिकाहरूलाई सेवा लिन सहज हुने छ । यस अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सरकारले एचपिभी खोपलाई नियमित खोप कार्यक्रमअन्तर्गत समावेश गर्ने तयारी गरिरहेको जनाइएको छ । गत वर्ष कक्षा ६ देखि १० वर्ष उमेर समूहका बालिकालाई खोप लगाइएको भए पनि अबदेखि हरेक वर्ष कक्षा ६ मा अध्ययन गर्ने बालिकालाई अनिवार्य रूपमा खोप दिने गरी नयाँ गाइडलाइन तयार गरिएको छ ।

उपमहानगरपालिकाले अभिभावक तथा विद्यालय प्रशासनलाई अभियानमा सहयोग गर्न आग्रह गर्दै समयमै खोप लगाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ३ : ४३ बजे

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन ।नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च