१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

एमाले जनताको विश्वासको घर हो : उपाध्यक्ष पौडेल



बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री बिष्णु प्रसाद पौडेलले एमालेलाई कसैले पनि किनारा लगाउन नसक्ने दाबी गरेका छन् ।

मंगलबार बुटवल उपमहानगरपालिका वडा नम्बर ६ को वडा परिचालन कमिटीको प्रचार कार्यालय उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले एमाले नेपाली जनतामा विश्वासको घर बनाएर अघि बढिरहेको पार्टी भएको बताए । कुनै पनि पार्टीले जस्तोसुकै प्रयास गरे पनि एमालेलाई कमजोर बनाउन सम्भव नहुने उनको भनाइ थियो ।

उनले भने, “कुहिनाले पहाड पन्छाउन सम्भव नभएजस्तै कसैले एमालेलाई पन्छाउने सपना देख्न आवश्यक छैन । जनताको बीचमा विश्वासको घर बनाएको पार्टीलाई कसैले किनारा लगाउन सक्दैन ।”

देशको बागडोर सम्हाल्न सक्ने बलियो शक्ति एमाले मात्रै भएको दाबी गर्दै पौडेलले त्यसका लागि एमालेलाई विजयी गराउने जिम्मेवारी जनताको काँधमा रहेको बताए । जनताको साथ, समर्थन र भरोसाका साथ पार्टी चुनावी मैदानमा होमिएको उल्लेख गर्दै उनले सम्पूर्ण कार्यकर्ता एकजुट भएर एमालेका उम्मेदवारलाई जिताउन लाग्नुपर्ने आवश्यकता औँल्याए ।

रुपन्देही देशकै विकसित क्षेत्रको रूपमा अगाडि बढेको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले अझै बाँकी रहेका विकासका कामहरूलाई एकसाथ सम्पन्न गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

बुटवलवासीको आशीर्वादका कारण आफू पटक-पटक निर्वाचित हुन सफल भएको स्मरण गर्दै उनले यसपटक पनि नागरिकको सद्भाव र मायाले आफूलाई थप उत्साहित बनाएको बताए ।

कार्यक्रममा एमालेका समानुपातिक उम्मेदवार एजाज आलमले देशको भविष्य निर्माण र क्षेत्रको समग्र विकासका लागि उपाध्यक्ष विष्णु पौडेललाई विजयी गराउन सबै एकताबद्ध हुन आवश्यक रहेको बताए ।

जगदीशचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ३ : ३० बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’