२० माघ २०८२, मंगलबार | February 3, 2026

रुपन्देही-२ मा विष्णु पौडेलले गराए मनोनयन दर्ता; भने – ‘अधुरा आयोजना पुरा गर्न उम्मेदवारी’



बुटवल । बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पुर्वअर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएका छन् ।

दलबलसहित बुटवल उपमहानगर रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका पौडेलले मनोनयन दर्ता गराएको प्रमुख निवाचन उदवीर नेपालीले जानकारी दिए।

उम्मेदवारी मनोनयन दर्ता गराउनुअघि पौडेलले जनतासँग गरेका वाचा पुरा गर्न पुनः उम्मेदवारी दिएको बताएका छन् ।

बुटवलमा आज उम्मेदवारी दर्ता गर्नुअघि संचारकर्मीसँग कुरा गर्दै पौडेलले रुपन्देहीमा राप्रपासँग तालमेल भएको जनाउँदै आफ्नो पार्टीका उम्मेदवार विजयी बन्ने दाबी गरे ।

पौडेलले सधैंझैं रुपन्देहीका क्षेत्र नं. २ का मतदाताले हामीलाई निर्वाचित गर्ने विश्वास व्यक्त गरे ।
पौडेलले भने ‘यहाँ सुरु गरिएका विकासका आयोजनाहरु सम्पन्न गर्न र थप आयोजना सुरु गर्न विशेष गरी शिक्षा स्वास्थ्य, र रोजगारीको क्षेत्रमा क्रान्तिकारी कदम चाल्नका लागि हामीलाई आफ्नो प्रतिनिधिको रुपमा मतदाताले स्वीकार गर्नुहुनेछ भन्ने विश्वास छ ।’

पौडेलले आफुले जनतासँग गरेका प्रतिवद्धता कार्यान्वयन गर्दै आएका जिकिर गर्दै यसपटक पनि जनतासँग गरिएका वाचाहरु कार्यान्वयन गर्ने बताए ।

रुपन्देही २ मा मतदान केन्द्र १३१ मतदान स्थाल २३ वटा रहेका छ्न् । रुपन्देही २ क्षेत्रमा बुटवल उपमहानगर पालिकाका १३ वडा, तिलोत्तमा नगरपालिकाका ६ र सैनामैना नगरपालिकाका ४ वटा वडाहरु पर्छन् । यो क्षेत्रमा १ लाख २६ हजार ८०७ मतदाता रहेका छ्न । यस क्षेत्रबाट पौडेलले ३ पटक निर्वाचन जितेका छ्न् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  २ : ०७ बजे

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

जलेश्वर  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नं

सम्बन्ध सहकारीद्वारा स्थापना दिवसमा साधना विद्यालयलाई शैक्षिक सामग्री प्रदान

बुटवल । बुटवल-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका