२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

गृहमन्त्री खाँणले गरे रुपन्देही ३ बाट मनोनयन दर्ता, संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी दिएको दाबी



बुटवल । रुपन्देही–३ बाट बहालवाला गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । सदरमुकाम भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्ना समर्थकसहित पुगेर खाँणले उम्मेदवारी दर्ता गराएका हुन् ।

खाँणको सम्पर्क कायार्मलय गल्लामण्डीमा भेला भएका गठबन्धनका कार्यकर्ताहरु सहित गृहमन्त्री खाँण उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

०७४ को निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका गृहमन्त्री खाँण यसपटक प्रत्यक्ष निर्वाचनमा होमिएका छन् । गठबबन्धनका तर्फबाट उनले उम्मेदवारी दर्ता गर्ने भएपछि भैरहवाको गल्लामण्डीमा रहेको सम्पर्क कार्यालयमा बिहानै समर्थक भेला भएका थिए ।

सत्तारुढ गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत सामाजबादी, लोसपा, जनमोर्चा रहेका छन् । यस्तै, क्षेत्र नम्बर ३ (क) बाट लोसपाका सन्तोषकुमार पाण्डेय र (ख)बाट काँग्रेसका रामचन्द्र ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।

२०७४ मा यो क्षेत्रमा राप्रपाका नेता दीपक बोहरा र एमाले नेता घनश्याम भुसालबीच प्रतिस्पर्धा भएको थियो । भुसाल बाम गठबन्धनका साझा उम्मेदवार थिए भने बोहरालाई काँग्रेसको समर्थन थियो । तर, भुसालले फराकिलो मतान्तरले बोहरालाई पराजित गरेका थिए । भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाएका थिए । २०७४ मा बाम गठबन्धनबाट टिकट पाएका भुसाललाई एमालले टिकट नदिएपछि रुपन्देही १ बाट भुसालको स्वतन्त्र उम्मेदवारी परेको छ ।

उम्मेदवारी दर्ता पछिप्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले आन्तरिक लोकतन्त्र, संविधानको रक्षा र मुलुकको समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

 

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ३ : ४८ बजे

जनआस्था कार्यालयमा प्रहरीको खानतलासी, पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले ‘जनआस्था’ कार्यालयमा

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न

किशोर श्रेष्ठको निवासमा मध्यरातमा प्रहरीको छापा, पत्रकारद्वारा विरोध

काठमाडौं । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं