२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

भोजपुरका किसानलाई धान भण्डारणको चटारो


२४ कार्तिक २०८३, मंगलबार  


भोजपुर । धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहारको रौनकभन्दा खेतीपातीको कामले बढी व्यस्त बनाएको छ । पाकेको धान थन्क्याउने, सुकाउने र सुरक्षित भण्डारण गर्ने काममा किसान जुटिरहँदा चाडपर्व मनाउने समयसमेत कम भएको छ ।

भोजपुर नगरपालिका–५ का स्थानीय किसान रुपनारायण फुयालले धान भित्राउने काममा व्यस्त हुनुपर्दा तिहार आएको अनुभूति गर्नसमेत कठिन भएको बताए। चाडपर्वको समयमा परिवारसँग बसेर रमाइलो गर्नुपर्ने भए पनि खेतीपातीको कामलाई प्राथमिकता दिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

किसान फुयालका अनुसार कात्तिक १६ गतेदेखि अर्मपर्म गरेर धान भण्डारणको काम सुरु गरिएको भए पनि अझै सम्पन्न हुन सकेको छैन । किसानले एकअर्काको खेतमा पालैपालो सहयोग गर्दै धान भित्र्याउने काम गरिरहेका छन् । यही गतिमा काम गर्दा मङ्सिर १० देखि १५ गतेसम्म धान भण्डारणकै काममा व्यस्त हुनुपर्ने अवस्था रहेको उनले बताए ।

अर्की किसान करुणा थापाले पनि धान भित्र्याउने समयमा कामदार पाउन समस्या भइरहेको बताउनुहुन्छ । गाउँमा खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा धान भण्डारणको काम ढिलो भइरहेको उनको भनाइ छ । केही किसानले आफ्नो धान भण्डारण गरिसकेपछि मात्रै अन्य किसानले काम गर्ने अवसर पाउने भएकाले पालो कुरेर बस्नुपर्ने अवस्था रहेको उनले बताए ।

धान काट्ने, बिटा बाँध्ने, खेतबाट घरसम्म बोक्ने, झाट्ने, सुकाउने र भण्डारण गर्ने काममा धेरै श्रम र समय लाग्ने किसान बताउँछन् । अर्मपर्मका आधारमा काम गर्दा पनि सबै किसानको धान एकै समयमा भित्र्याउन नसकिने भएकाले कामको चाप बढेको छ ।

धान पाकेर भित्राउने समय र तिहारको चाडपर्व एकै समयमा परेपछि ग्रामीण क्षेत्रका किसानलाई दोहोरो चटारो परेको किसान अनुराग पोखरेलले बताए । एकातिर धानबाली सुरक्षित रूपमा घरमा भित्र्याउनुपर्ने बाध्यता र अर्कातिर चाडपर्व मनाउने चाहना रहेको उनको भनाइ छ । खेतीपातीको काम नसकिँदा चाडपर्वको रमाइलोमासमेत पर्याप्त समय दिन नपाएको उनले बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  १० : ०४ बजे

सोनिया गान्धीको संस्मरणमा प्रेम र सङ्घर्ष

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल काङ्ग्रेसले प्रधानमन्त्री नरेन्द्र

भोजपुरका किसानलाई धान भण्डारणको चटारो

भोजपुर । धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष

नेपाल संवत् राष्ट्रिय पहिचान र एकताको प्रतीक : प्रचण्ड

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत्लाई नेपालको

सञ्चारमन्त्री डा तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी : विभिन्न देशका समकक्षीसँग भेटवार्ता

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार

पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड

अन्ताल्या । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असरबाट पर्वतीय क्षेत्रलाई