१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

मनाङमा प्रतिनिधि सभा र प्रदेश सभामा ९ जनाको उम्मेदवारी



लमजुङ । हिमाली जिल्ला मनाङमा प्रदेशसभा र प्रतीनिधि सभामा गरी प्रत्यक्षतर्फ ९ जनाको उम्मेद्वारी दर्ता भएको छ ।

जिल्लाका एक प्रतिनिधि सभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ जना महिला गरी कुल ६ हजार सात सय ७९ मतदाताले आ-आफ्नो मताधिकारको प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रतिनिधि सभामा एमालेका पोल्देन छोपाङ गुरुङ, कांग्रेसका टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङले उम्मेदवारी दिएका छन ।

प्रदेश सभा ‘क’ मा भने एमालेका राजन गुरुङ, गठबन्धनको समर्थनमा माओवादीका कपिल लामा , कांग्रेसका मुनिन्द्र जङ गुरुङ र राप्रपाका मिथेल डेन्डु लामाको उम्मेद्वारी परेको छ ।

त्यसैगरी प्रदेश सभा ‘ख’ मा भने गठबन्धनको समर्थनमा राजिव गुरुङ र एमालेको समर्थनमा दोर्जे लामा गुरुङको स्वतन्त्र उम्मेद्वारी परेको छ ।

गठबन्धनको समर्थनमा उम्मेदवारी-राजीव गुरुङ

सत्ता गठबन्धनको प्रदेश सरकारमा रहेका राजीव गुरुङ (दीपक मनाङे)ले गठबन्धनको समर्थनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन ।

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : ०५ बजे

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams