४ पुस २०८२, शुक्रबार | December 20, 2025

मनाङमा प्रतिनिधि सभा र प्रदेश सभामा ९ जनाको उम्मेदवारी



लमजुङ । हिमाली जिल्ला मनाङमा प्रदेशसभा र प्रतीनिधि सभामा गरी प्रत्यक्षतर्फ ९ जनाको उम्मेद्वारी दर्ता भएको छ ।

जिल्लाका एक प्रतिनिधि सभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ जना महिला गरी कुल ६ हजार सात सय ७९ मतदाताले आ-आफ्नो मताधिकारको प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रतिनिधि सभामा एमालेका पोल्देन छोपाङ गुरुङ, कांग्रेसका टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङले उम्मेदवारी दिएका छन ।

प्रदेश सभा ‘क’ मा भने एमालेका राजन गुरुङ, गठबन्धनको समर्थनमा माओवादीका कपिल लामा , कांग्रेसका मुनिन्द्र जङ गुरुङ र राप्रपाका मिथेल डेन्डु लामाको उम्मेद्वारी परेको छ ।

त्यसैगरी प्रदेश सभा ‘ख’ मा भने गठबन्धनको समर्थनमा राजिव गुरुङ र एमालेको समर्थनमा दोर्जे लामा गुरुङको स्वतन्त्र उम्मेद्वारी परेको छ ।

गठबन्धनको समर्थनमा उम्मेदवारी-राजीव गुरुङ

सत्ता गठबन्धनको प्रदेश सरकारमा रहेका राजीव गुरुङ (दीपक मनाङे)ले गठबन्धनको समर्थनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन ।

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको