२० माघ २०८२, मंगलबार | February 3, 2026

केन्द्रीय बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो ।

यो ट्रेजरी कात्तिक २२ गते परिपक्व हुनेछ । ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी पुस २६ गते परिपक्व हुनेछ ।

त्यस्तै, १८२ दिनको लागि ३ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी चैत २८ गते परिपक्व हुनेछ । १ वर्षको लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० असोज २३ गते म्याचुअर हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइने व्यवस्था गरेकाे छ। सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ८ : ४३ बजे

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

जलेश्वर  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नं

सम्बन्ध सहकारीद्वारा स्थापना दिवसमा साधना विद्यालयलाई शैक्षिक सामग्री प्रदान

बुटवल । बुटवल-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका