८ पुस २०८२, मंगलबार | December 24, 2025

एमाले नेतृत्व बाहिरिया छिमेकी राष्ट्रको दबावमा छ : गंगा चौधरी



दाङ । निवर्तमान सांसद तथा हालै राजनिामा दिएकी एमाले केन्द्रीय सदस्य गंगा चौधरीले एमाले नेतृत्वले विदेशी दबावमा रहेको आरोप लगाएकी छन् ।

स्वतन्त्रतर्फ उम्मेदवारी मनोनयन गराएकी चौधरीले आज बिहान दाङमा समर्थकहरुको भेलामा बोल्दै चौधरीले एमाले नेतृत्वले विदेशी दबावमा परेर आफूलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट नदिएको बताइन् । उनले आफुले भारतीय हस्तक्षपका विरुद्ध सशक्त आवाज उठाएकाले टिकटबाट बन्चित गराइएको बताइन् ।

उनले एमाले नेतृत्व बाहिरिया छिमेकी राष्ट्रको दबावमा परेर देशभक्तहरुलाई टिकट नदिएको पनि आरोप लगाइन् । ुनेकपा एमाले नेतृत्व बाहिरिया छिमेकी राष्ट्रको दबावमा परेर हामीजस्तो देशको हित चाहने व्यक्तिलाई टिकट दिएन ।’ उनले भनिन् । उनले छिमेकी राष्ट्रको नाम नलिएपनि उनको संकेत भारत तर्फ केन्द्रीत थियो ।

राष्ट्र विररोधी गतिबिधिमा लागेकै कारण प्रतिनिधिसभाबाट तत्कालीन सांसद सरिता गिरिलाई आफूले आउट गर्न भूमिका खेलेको उनले दाबी गरिन्। आफूलाई एमसीसीको विरुद्धमा आवाज उठाएको नतिजास्वरुप दण्डित गरिएको पनि बताइन् ।

 

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १२ : १९ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना