२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

टिकट नपाएपछि गंगा सत्गौवा चौधरीले छोडिन एमाले, स्वतन्त्रबाट चुनाव लड्ने



काठमाडौं । नेकपा एमालेकी नेतृ एवं पूर्वसांसद गंगा सत्गौवा चौधरीले एमाले छोडेकी छिन् ।

पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षमा दाङ क्षेत्र नं. १ बाट टिकट नदिनेभएपछि चौधरीले एमाले छोडेकी हुन् । चौधरीले अब स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले दाङ १ बाट स्वतन्त्रमा उम्मेदवारी दिने जनाएकी छिन् । उनले एक महिना अघि एमालेकी अर्की सांसद शान्ता चौधरीसँग फोटो सेयर गर्दै दाङ क्षेत्र नं १ बाट आगामी संघीय चुनावमा हामीमध्ये जसले टिकट पाए पनि एक अर्कालाई सघाउने निर्णय गरियो ।’

तर चौधरीले एक स्टाटस लेख्दै भनेकी छिन्, ‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु जनता भगवान हुन जनता नै सर्वपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउदैछु हजुरहरुको साथ चाहिएको छ ।’

पहिले थरुहट तराई पार्टी नेपाल र त्यसपछि एमालेबाट गरी चौधरी दुर्इ पटक समानुपातिक सांसद भएकी थिइन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १ : २५ बजे

रोल्पा पहिरोमा पुरिएका १० मध्ये ३ जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक

रोल्पा बोटलबारा पहिरो अपडेट : १० जना बेपत्ता, खोजी जारी

रोल्पा । रोल्पास्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता

किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको विरोधमा

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ