२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

एमाले नेतृत्व बाहिरिया छिमेकी राष्ट्रको दबावमा छ : गंगा चौधरी



दाङ । निवर्तमान सांसद तथा हालै राजनिामा दिएकी एमाले केन्द्रीय सदस्य गंगा चौधरीले एमाले नेतृत्वले विदेशी दबावमा रहेको आरोप लगाएकी छन् ।

स्वतन्त्रतर्फ उम्मेदवारी मनोनयन गराएकी चौधरीले आज बिहान दाङमा समर्थकहरुको भेलामा बोल्दै चौधरीले एमाले नेतृत्वले विदेशी दबावमा परेर आफूलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट नदिएको बताइन् । उनले आफुले भारतीय हस्तक्षपका विरुद्ध सशक्त आवाज उठाएकाले टिकटबाट बन्चित गराइएको बताइन् ।

उनले एमाले नेतृत्व बाहिरिया छिमेकी राष्ट्रको दबावमा परेर देशभक्तहरुलाई टिकट नदिएको पनि आरोप लगाइन् । ुनेकपा एमाले नेतृत्व बाहिरिया छिमेकी राष्ट्रको दबावमा परेर हामीजस्तो देशको हित चाहने व्यक्तिलाई टिकट दिएन ।’ उनले भनिन् । उनले छिमेकी राष्ट्रको नाम नलिएपनि उनको संकेत भारत तर्फ केन्द्रीत थियो ।

राष्ट्र विररोधी गतिबिधिमा लागेकै कारण प्रतिनिधिसभाबाट तत्कालीन सांसद सरिता गिरिलाई आफूले आउट गर्न भूमिका खेलेको उनले दाबी गरिन्। आफूलाई एमसीसीको विरुद्धमा आवाज उठाएको नतिजास्वरुप दण्डित गरिएको पनि बताइन् ।

 

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १२ : १९ बजे

रोल्पा बोटलबारा पहिरो अपडेट : १० जना बेपत्ता, खोजी जारी

रोल्पा । रोल्पास्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता

किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको विरोधमा

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न