७ आश्विन २०८३, बुधबार | September 23, 2026

पार्टीको टिकट लिएर आफुलाई स्वतन्त्र बताउने डा. निकोलस विरुद्ध उजुरी



बुटवल । हामी नेपाली पार्टीबाट उम्मेदवारी दिएर आफुलाई स्वतन्त्र उम्मेदवार बताउँदै आएका रूपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका कमल भुसाल (डा. निकोलस) विरूद्ध दुइवटा उजुरी दर्ता भएको छ।

आइतबार दिउँसो उम्मेदवारी दर्ता गराएका भुसालविरूद्ध निर्वाचन कार्यालयमा सोमबार दिउँसो २ बजे उजुरी दर्ता भएको हो ।

सोही क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका विष्णु विक र तोपनारायण पौडेलले भुसालविरूद्ध अलगअलग उजुरी दर्ता गराएको निर्वाचन अधिकृत उदविर नेपालीले जानकारी दिए।

आयोगमा दर्ता भएको उजुरीमा भुसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकोले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उम्मेदवारी खारेज गरिनु पर्ने ।

क्षेत्र नं २ मा सोमबार साँझसम्म दुइवटामात्र उजुरी दर्ता भएको र दुइवटै भुसालविरूद्ध रहेको नेपालीले बताए। भुसालले आफुलाई स्वतन्त्र उम्मेदवार बताएपनि उनले उम्मेदवारी दर्ता गर्दा हाम्रो नेपाली पार्टीको टिकटबाट उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : २९ बजे

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु

कांग्रेस १५ औ महाधिवेशन : बुटवल र नेपालगन्जमा गगनकै नाममा दुई फरक गुट चुनावी मैदानमा

बुटवल । विशेष महाधिवेशनबाट एकढिक्क बनेको दाबी गरिएको नेपाली कांग्रेसको

बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

काठमाडौँ । जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले

राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौँ । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।