९ भदौ २०८३, मंगलबार | August 25, 2026

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई



न्युयोर्क । अमेरिकाका तीन अर्थशास्त्री बेन बर्नान्के, डगलस डायमण्ड र फिलिप डिब्भिगलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुुरस्कार प्रदान गरिने भएको छ । बैंक तथा वित्तीय संकटमा गरेको उल्लेख्य कार्यका लागि उनीहरूलाई सो पुरस्कार दिइने भएको हो ।

बर्नान्के अमेरिकी केन्द्रीय बैंकका पूर्वअध्यक्ष तथा थिंक ट्यांक ब्रुकिङ इन्स्टिच्युटका विज्ञ हुन् भने डायमन्ड युनिभर्सिटी अफ शिकागोका प्राध्यापक र डिब्भिग वासिंगटन युनिभर्सिटीका प्राध्यापक हुन् ।

पुरस्कार बापत १० मिलियन स्विडिस क्रोनर तीन जना अर्थशास्त्रीहरुले बराबर बाँडेर लिनेछन् । अर्थशास्त्रतर्फको पुुरस्कार नोबेलको सम्झनामा स्विडेनको केन्द्रीय बैंकले स्थापना गरेको थियो ।

सन् १९८० को दशकको प्रारम्भमा उनीहरूले गरेको कार्यका लागि रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले मान्यता दिएको थियो । उनीहरूको कार्यले बैंकको आवश्यकत, तिनीहरूको मुख्य जोखिम र पतनले कसरी वित्तीय मन्दीलाई चर्काउन सक्छ भन्ने बारे हाम्रो आधुनिक बुझाइको आधार प्रदान गरेको नोबेल एकेडेमीले जनाएको छ ।

 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ७ : ४१ बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै