८ बैशाख २०८१, शनिबार | April 20, 2024

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई



न्युयोर्क । अमेरिकाका तीन अर्थशास्त्री बेन बर्नान्के, डगलस डायमण्ड र फिलिप डिब्भिगलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुुरस्कार प्रदान गरिने भएको छ । बैंक तथा वित्तीय संकटमा गरेको उल्लेख्य कार्यका लागि उनीहरूलाई सो पुरस्कार दिइने भएको हो ।

बर्नान्के अमेरिकी केन्द्रीय बैंकका पूर्वअध्यक्ष तथा थिंक ट्यांक ब्रुकिङ इन्स्टिच्युटका विज्ञ हुन् भने डायमन्ड युनिभर्सिटी अफ शिकागोका प्राध्यापक र डिब्भिग वासिंगटन युनिभर्सिटीका प्राध्यापक हुन् ।

पुरस्कार बापत १० मिलियन स्विडिस क्रोनर तीन जना अर्थशास्त्रीहरुले बराबर बाँडेर लिनेछन् । अर्थशास्त्रतर्फको पुुरस्कार नोबेलको सम्झनामा स्विडेनको केन्द्रीय बैंकले स्थापना गरेको थियो ।

सन् १९८० को दशकको प्रारम्भमा उनीहरूले गरेको कार्यका लागि रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले मान्यता दिएको थियो । उनीहरूको कार्यले बैंकको आवश्यकत, तिनीहरूको मुख्य जोखिम र पतनले कसरी वित्तीय मन्दीलाई चर्काउन सक्छ भन्ने बारे हाम्रो आधुनिक बुझाइको आधार प्रदान गरेको नोबेल एकेडेमीले जनाएको छ ।

 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ७ : ४१ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन