२३ बैशाख २०८३, बुधबार | May 6, 2026

प्रतिनिधि सभातर्फ स्वतन्त्रसहित ५८ दलले दिए उम्मेदवारी, सबैभन्दा बढी स्वत्रन्त्र उम्मेदवार



काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्रसहित ५८ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार रहेका छन् ।

निर्वाचन आयोगका अनुसार १६५ सीटको लागि हुने प्रतिनिधि सभा निर्वाचनको लागि २ हजार ५२६ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमध्ये २ हजार २९१ जना पुरुष र २३५ जना महिला रहेका छन् ।

उम्मेदवारी दिनेमध्ये ९४३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा ८५ जना महिला र ८५८ जना पुरुष रहेका छन् ।

राजनीतिक दलहरुमध्ये सबैभन्दा बढी स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले उम्मेदवार उठाएको छ । राप्रपाले १६५ मध्ये १४५ स्थानमा आफ्ना उम्मेदवार उठाएको छ ।

राप्रपापछि धेरै स्थानमा उम्मेदवारी दिने राजनीतिक दलमा नेकपा एमाले रहेको छ । एमालेले १४४ स्थानमा उम्मेदवार उठाएको छ । धेरै स्थानमा उम्मेदवार उठाउनेको सूचको तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १३३ स्थानमा उम्मेदवारी दिएको छ ।

यस्तै, नेपाल मजदुर किसान पार्टीले १०७, नेपाली कांग्रेसले ९२, मंगोल नेशनल अर्गनाइजेसनले ८८, जनता समाजवादी पार्टी, नेपालले ८१, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले ६५, हाम्रो नेपाल पार्टीले ६४, राष्ट्रिय जनमुक्ति पार्टीले ५६, जनमत पार्टीले ५५ र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ५२ स्थानमा उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले ४७, नेपाली कांग्रेस (बी.पी.) ले ४०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ३९, नागरिक उन्मुक्ति पार्टीले ३४, जन समाजवादी पार्टी नेपालले ३४, नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टीले २६, नेकपा (माक्र्सवादी लेनिनवादी)ले २५ र नेकपा (एकीकृत समाजवादी)ले २५ स्थानमा उम्मेदवारी दिएका छन् ।

मौलिक जरोकिलो पार्टीले २३, नेश्नलिष्ट पिपल्स पार्टीले २०, नेपालका लागि नेपाली पार्टीले २०, आमूल परिवर्तन मसिहा पार्टी नेपालले १६, जनता प्रगतिशिल पार्टी, नेपालले १५, एकीकृत शक्ति नेपालले १३, नेपाल लोकतान्त्रिक पार्टीले १२, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीले ११, नेपाल जनता पार्टीले १०, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले ९, नेपाल संघीय समाजवादी पार्टीले ९, नेपाल सद्भावना पार्टीले ८, बहुजन शक्ति पार्टीले ७ र विवेकशील साझा पार्टीले ७ स्थानमा उम्मेदवार उठाएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १० : ५७ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा