११ बैशाख २०८१, मंगलबार | April 23, 2024

अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि



काठमाडौं । अल्पकालीन ऋणको ब्याजदर दोहोरो अंकमा उक्लिएको छ।

नेपाल राष्ट्र बैंकले सोमबार नवीकरण गरेको २८ दिने ट्रेजरी बिल्सको ब्याजदर न्यूनतम ९.५४ र अधिकतम १०.९७ प्रतिशत कायम भएको छ।

केन्द्रीय बैंकले जारी गरेको ९१ दिने, १८२ दिने र २६५ दिने ट्रेजरी बिल्सको ब्याजदर सबैको १० प्रतिशतभन्दा माथि रहेको छ। यसबाट के स्पष्ट हुन्छ भने बजारमा ब्याजदर निकै माथि उक्लिसकेको छ र अब बजार आफैं करेक्सन नभईकन ब्याजदर नियन्त्रण गर्न कठिन छ भन्ने बुझाउँछ।

राष्ट्र बैंकले नवीकरण गरेको ट्रेजरी बिल्समध्ये ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर १०.१४ प्रतिशत कायम भएको छ भने १८२ दिनको १०.०६ प्रतिशत कायम भएको छ। त्यस्तै, ३६५ दिने ट्रेजरी बिल्सको ब्याजदर १०.०५ प्रतिशत कायम भएको छ।

ब्याजदर बढी भएपछि राष्ट्र बैंक ३६५ दिने २ अर्ब ६० करोडको ट्रेजरी बिल्स आफैं किन्न बाध्य भएको छ। बैंक तथा वित्तीय संस्थाले भने जम्मा ४० करोड बराबरको ट्रेजरी बिल्समा मात्र लगानी गर्न पाएका छन्। उनीहरूले जम्मा १०.०५ प्रतिशतमा लगानी गरिरहेका छन्।

राष्ट्र बैंकले गत सोमबार १८ अर्ब २४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरण गर्न चाहेको थियो। त्यसमध्ये ५ अर्ब रुपैयाँको २८ दिने, ८ अर्बको ९१ दिने २ अर्ब २५ करोडको १८२ दिने र ३ अर्ब रुपैयाँ बराबरको एक वर्षे रहेको थियो।

गत असोजदेखि बैंक तथा वित्तीय संस्थाले बचतको ब्याजदर १०.१३, रेमिट्यान्स मुद्दतीको १५.१३ र साधारण मुद्दतीको ब्याजदर १२.१३३ प्रतिशतसम्म पुर्‍याएकाले त्यसको असर अल्पकालीन ब्याजदरमा पनि परेको हो।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १ : ४३ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना