१२ असार २०८३, शुक्रबार | June 26, 2026

विष्णु रिजालको आरोप – प्रभु साह हरिया सर्प हुन्, एक दिन डस्छन्



काठमाडौं । एमालेले स्थायी कमिटी सदस्य प्रभु साहमाथि कारबाहीको तयारी थालेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेबाट टिकट लिएर अन्तिममा साहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि कारबाहीको तयारी थालिएको एमालेका एक नेताले जानकारी दिए । उनका अनुुसार साहमाथि कारबाही गर्ने विषयमा पार्टी नेतृत्वभित्र छलफल चलिरहेको छ ।

गत आइतबार मनोनयन दर्ताको दिन अन्तिम समयमा साहले रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । तर, उनले आफूले एमालेबाटै उम्मेदवारी दर्ता गर्ने बताएका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा जानकारी गराएका छन् ।

‘प्रभु साहले षड्यन्त्र गर्नुभयो । ५ बजेसम्म टिकट खल्तीमा राख्नुभयो, उम्मेदवारी दिँदै छु भन्नुभयो, मसँग कुरा भएको थियो । तर, ५ बजे वारिसनामा पठाएर स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्नुभयो । यो धोका भयो, बेइमानी भयो,’ ओलीले पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्तामा भनेका छन् । साथै ओलीले साहले संदिग्ध गतिविधि गर्दै आएको सूचना पहिल्यै आए पनि विश्वास नगरेको बताए ।

रौतहटमात्र नभएर मधेस प्रदेशमै एमाले खाली गराउने गरी साहको गतिविधि भइरहेको सूचना सत्य रहेको उम्मेदवारी दर्ताले पुष्टि गरेको भन्दै ओलीले पनि उनीमाथि कारबाही गर्ने संकेत गरेका छन् ।

ओलीले साहबारे सार्वजनिक अभिव्यक्ति दिएपछि एमालेका जिम्मेवार नेताहरूले पनि धारणा सार्वजनिक गर्न थालेका छन् । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले साहलाई हरिया सर्पको संज्ञा दिँदै एक दिन डस्ने भएकाले ध्यान दिनुपर्ने बताएका छन् ।

‘चुनावका बेला अन्तिम घडीमा टिकट नपाएका कारण पार्टी नै छाड्नेहरूका बारेमा थप कुनै टिप्पणी गरिरहन आवश्यक छैन,’ सामाजिक सञ्जाल फेसबुकमा रिजालले लेखेका छन्, ‘तर, एउटा कुरामा हामी सबैले ध्यान दिनैपर्छ( प्रभु साहजस्ता हरिया सर्पहरूले एक न एक दिन डस्छन् । आपराधिक विगत, अस्थिर चरित्र, चरम महत्वाकांक्षा, जातीय संकीर्णता, संदिग्ध क्रियाकलाप र ’रिमोट कन्ट्रोल’बाट चल्नुपर्ने बाध्यताका कारण प्रभु साहले नेकपा ९एमाले० लाई धोका दिए पनि मधेसमा नेकपा ९एमाले० का पक्षमा आएको जनलहरलाई त्यसले रोक्न सक्नै छैन ।’

चुनावको मुखमा मधेसमा एमालेलाई राजनीति धक्का दिनेगरी प्रभु साहले गतिविधि गरेको भन्दै उनीमाथि कारबाही गर्नुपर्ने दबाब नेतृत्वमाथि बढिरहेको एमाले निकट स्रोतले जानकारी दियो ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ३ : १४ बजे

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको

सीमाविद् श्रेष्ठलाई भीमसेन थापा पुरस्कार

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद्