२० माघ २०८२, मंगलबार | February 3, 2026

गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दिवसका अवसरमा सङ्घद्वारा आयोजित कार्यक्रममा मन्त्री खाणले सरकारले नागरिकतासम्बन्धी विधेयक अघि बढाई दुवै सदनबाट दुई पटक पारित हुँदा पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसकेको जानकारी गराए । मन्त्री खाणले नागरिकता विधेयक सबै दलको सहमतिमा कुनै पनि नेपाली नागरिक नागरिकताविहीन हुन नपरोस् र गैरआवासीय नेपालीले पनि संविधानअनुसार नागरिकता प्राप्त गरुन् भन्ने उद्देश्यले सरकारले ल्याएको स्पष्ट पारे ।

सो अवसरमा उनले गैरआवासीय नेपालीलाई विदेशमा आर्जन गरेको सीप, लगानी र पुँजी नेपालमा भित्र्याउनका लागि आह्वान गर्दै त्यसको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा परराष्ट्र सचिव भरतराज पौड्यालले सङ्घलाई सरकारले महत्वका साथ आत्मसात् गरेको उल्लेख गर्दै सरकारले नीति तथा कार्यक्रममा सङ्घसँगको सहकार्य र सङ्घको योगदानलाई परिचालन गर्ने उद्देश्य राखेको जानकारी गराए।

उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गैरआवासीय नेपालीले आफ्नो ज्ञान, सीप र पुँजी नेपालमा भित्र्याएर निजी क्षेत्रसँग गरेको सहकार्य प्रशंसनीय रहेको बताए ।

सङ्घका कार्यकारी अध्यक्ष रविना थापाले विदेशमा बस्ने नेपालीका मर्म बुझेर सङ्घको स्थापना भएको बताउँदै यसले अप्ठ्यारो परेका बेला नेपाल र नेपालीलाई महत्वपूर्ण सहयोग र योगदान गर्दै आएको उल्लेख गरिन । सङ्घका अध्यक्ष कूल आचार्यले वर्तमान सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन गरेको कार्यको प्रशंसा गर्दै थप लगानीमैत्री कानून निर्माणका लागि आग्रह गरे । अर्का अध्यक्ष डा बद्री केसीलआगामी निर्वाचनदेखि गैरआवासीय नेपालीलाई आम निर्वाचनमा मतदान गर्ने व्यवस्था कार्यान्वयन गर्न माग गरे ।

सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले मुुलुक समृद्ध नभई व्यक्तिगत सफलताले मात्र साध्य नहुने उल्लेख गर्दै यस उद्देश्यलाई परिपूर्ति गर्ने भावनाका साथ अघि बढ्न सम्पूर्ण गैरआवासीय नेपालीलाई आग्रह गरे ।

कार्यक्रममा पूर्व अध्यक्षद्वय जिवा लामिछाने र भवन भट्ट, संस्थापक महासचिव भीम उदासलगायतले सङ्घले गरेका सामाजिक कामकारवाहीका बारेमा जानकारी गराउँदै सरकारले सङ्घलाई थप महत्वका साथ लिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

विश्वभर छरिएर रहेका नेपालीको हकहित र अधिकारको संरक्षण र संवद्र्धनका लागि स्थापित सङ्घ विदेशमा रहेका नेपालीको साझा चौतारी हो । सङ्घले स्थापनाकालदेखि नै विश्वका विभिन्न मुलुकमा विभिन्न पेशा, इलम, व्यवसाय गरेर बसिरहेका नेपालीबीच एकता, सद्भाव र पारस्परिक सहयोग अभिवृद्धिका साथै विदेशमा बसेका नेपालीको पुँजी, प्रविधि र उद्यमशीलतालाई मुलुकको विकास निर्माणमा उपयोग र परिचालन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ४ : ३१ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि