१२ असार २०८३, शुक्रबार | June 26, 2026

विष्णु पौडेलले कार्यकर्तालाई भने– विपक्षीलाई गाली होइन, मित्रवत् व्यवहार गर्नुस्



बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अन्य दलका उम्मेदवार र कार्यकर्तालाई गाली नगर्न र अनास्था नफैलाउन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सत्ता गठबन्धनभित्र देखिएको चरम असन्तुष्टिले अन्य पार्टीका थुप्रै नेता कार्यकर्ता एमाले उम्मेदवारलाई मतदान गर्न तयार देखिएको भन्दै उनले विपक्षी पार्टीका उम्मेदवार र कार्यकर्तासँग मित्रवत् व्यवहार गर्न आग्रह गरेका हुन् ।

रुपन्देहीको क्षेत्र नम्बर २ बाट एमालेका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका पौडेलले अन्य दललाई गाली नगरी आफ्ना विचार जनतामाझ राखेर चुनावका लागि सक्रिय हुन कार्यकर्तालाई आग्रह गरे । क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा १ को निर्वाचन परिचालन कमिटी घोषणा एवं चुनाव प्रचारप्रसार कार्यालयको मंगलबार तिलोत्तमाको शंकरनगरमा उद्घाटन गर्दै पौडेलले यस्तो बताएका हुन् ।

रुपन्देहीमा विगतमा अगाडि बढाइएका ठूला आयोजनाहरूलाई कार्यान्वयन गर्न एमालेको जित अपरिहार्य रहेको पनि उनले बताए । ‘विगतमा रुपन्देहीमा जुन खालका ठूला विकासका आयोजना अघि बढेका छन्, तिनलाई कार्यान्वयन गरी रुपन्देहीलाई विकासको रोल मोडलको रूपमा स्थापित गर्न एमालेको जित अपरिहार्य छ,’ पौडेलले भने ।

उनले एमाले सरकारबाट हटेपछि मुलुकमा बेथिति उत्पन्न भएको र यसबाट पार पाउनका लागि एमालेको सरकार अहिले मुलुकको आवश्यकता बनेको जिकिर गर्दै त्यसका लागि मंसिर ४ कुर्न पर्ने बताए । ‘मंसिर ४ पछि एमाले मूल ढोकाबाट सिंहदरबार छिर्छ,’ उनले भने ।

मुलुक आर्थिक रूपमा टाट पल्टिने अवस्थामा पुगेको र यही अवस्था कायम रहे कालोसूचीमा पर्ने खतरा त्यत्तिकै रहेको भन्दै पौडेलले सुशासन, विकास, स्थिरता र मुलुकलाई अग्रगति दिनका लागि अहिलेको सत्तारुढ गठबन्धन असफल भएको बताए ।

उनले बुटवल भैरहवालाई जोडेर मेघासिटीको रूपमा विकास गर्नका लागि आफूले प्राथमिकतामा राखेको बताए । कार्यक्रममा बोल्दै एमाले पोलिटब्यूरो सदस्य एवं रुपन्देही क्षेत्र नम्बर २ (१) का उम्मेदवार लिला गिरीले प्रदेशसभामा विगतमा आफूले खेलेको भूमिकाको स्मरण गर्दै कतिपय अवस्थामा कमी कमजोरी भए पनि कार्यकर्ता र जनताको सुझाव अनुसार अगाडि बढ्ने अठोट व्यक्त गरे ।

त्यस अवसरमा क्षेत्र नम्बर २ प्रदेश सभा १ अन्तर्गत देवी वाग्लेको संयोजकत्वमा प्रदेशसभास्तरीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको थियो । कमिटी घोषणा गर्दै वाग्लेले अव चुनावी अभियान घरघरमा केन्द्रित गर्ने बताइन् । एमाले तिलोत्तमा नगर कमिटीका अध्यक्ष तामनाथ पाण्डेले वडास्तरमा पनि निर्वाचन परिचालन कमिटी र प्रचारप्रसार कार्यालय स्थापना गर्न लागिएको जानकारी दिए ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ७ : ०९ बजे

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको

सीमाविद् श्रेष्ठलाई भीमसेन थापा पुरस्कार

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद्