२३ बैशाख २०८३, बुधबार | May 6, 2026

कांग्रेसका बागीले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित



काठमाडौं । नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जनाएको छ ।

कांग्रेसले आज एक विज्ञप्तिमार्फत आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारिक र गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दर्ता गराउने पार्टी सदस्यलाई यही असोज २६ गते १ बजेसम्म उम्मेदवारी फिर्ता लिन निर्देशन गरेको छ ।

विज्ञप्तिमा पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरे/गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (असोज २६ गते बिहान १० बजे देखि दिउँसो १ बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन दलका उम्मेदवारलाई विजय गराउन सक्रिय भूमिका निर्वाह गर्न हुन निर्णयानुसार निर्देशन गरिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ८ : ३७ बजे

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको