८ पुस २०८२, मंगलबार | December 24, 2025

रुपन्देही २ का उम्मेद्वार खारेजीको निर्णय सच्चाउन गठबन्धनको माग



बुटवल । रुपन्देही निर्वाचन क्षेत्र न. २ को उम्मेद्वारको खारेजीको बिषयमा लिएर गठबन्धन दलले निर्णय र तालिका सच्चाउन माग गरेको छ । निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र न. २ मा गठबन्धन दलहरुले बुधबार ज्ञापनपत्र बुझाउँदै अधिकृतको भूमिकामाथि नै प्रश्न उठाउँदै निर्णय सच्चाउन माग गरेको हो ।

नेपाली काँग्रेस रुपन्देही निर्वाचन क्षेत्र न. २ का क्षेत्रिय सभापती पर्शुराम ढकाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द केसी, नेकपा समाजवादी रुपन्देहीका उपाध्यक्ष चिन बहादुर गुरुङ, राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष पदम श्रेष्ठ, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य हरि घर्तीले संयुक्त रुपमा निवेदन दिदैं निर्णय सच्चाउन माग गरेका हुन ।

ज्ञापनपत्रमा गठबन्धनका उम्मेद्वार गुरुङ विरुद्ध कुनै उजुरी नपरेको अवस्थामा कुनै संस्थाले भनेको आधारमा उम्मेद्वार खारेजी गरेको भन्दै राजनीतिक पूर्वाग्रह राखिएको आशंका व्यक्त गरिएको छ । ‘तपाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको नीजि सचिवालयबाट काजमा आएको हुँदा तपाईले गराउने निर्वाचन निष्पक्ष हुन्छ भन्नेमा हामी दलहरु विश्वस्त छैनौं’ ज्ञापनपत्रमा भनिएको छ । दलहरुले निर्णय र कार्यतालिका नसच्याए दुर्घटना हुनसक्ने चेतावनी समेत दिइएको छ । ज्ञापनपत्रमा गुरुङको मुद्धा अदालतमा विचाराधिन रहेको समेत उल्लेख गरिएको छ ।

गुरुङको निर्वाचन आयोगले बैंकिङ कालोसूचीमा रहेको भन्दै मंगलबार उम्मेद्वार खारेज गरेको सूचना निकालेको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ५ : ४७ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना