१६ चैत्र २०७९, बिहिबार | March 30, 2023

बिहानै देखि रोकिएको रुपन्देही-२ को मतगणना सुचारु हुन सकेन



बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले विरोध गरेपछि मतगणना रोकिएको छ । बिहान ५ः३० बजेबाट रोकिएको मतगणना कार्य सुचारु गराउने प्रयास भइरहेको निर्वाचन अधिकृत उडबीर नेपालीले बताएका छन् ।

मतपेटिकामा मुचुल्कामा भन्त्दा ३४ थान मतपत्र बढी देखिएपछि रास्वपाका प्रतिनिधि तथा गठबन्धनका प्रतिनिधिहरुले मतदान स्थगित गर्न माग गर्दै धर्ना बसेका थिए । उनीहरु मतगणना छाडेर धर्ना बसेपछि रोकिएको मतगणना अहिले सम्म सुरु भएको छैन ।

मुचुल्कामा लेखिएको मतपत्रको संख्याभन्दा केही फरक परेपनि महिला र पुरुषको मतपत्र भिडाउँदा संख्या मिल्न गएको निर्वाचन अधिकृत नेपालीले दाबी गरे । उनले दलका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाइएको र केहीबेरमा मतगणना सुचारु हुने बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : २६ बजे

मन्त्रालय टुंग्याउन सत्ता गठबन्धनको बैठक ८ बजे बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बिहान ८ बजे बस्दैछ

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ

आजको मौसम : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश आंशिक बदली रहने

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य

सरकारी चिकित्सकलाई निजी क्लिनिकमा नेम प्लेट राख्न प्रतिबन्ध

काठमाडों । अवदेखि सरकारी अस्पतालमा दरबन्दीमा रहेका चिकित्सकहरुले निजी क्लिनिकमा

अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार खरेललाई

काठमाडौं । अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुस्कार गीतकार किरण खरेललाई