१८ माघ २०८२, आइतबार | February 1, 2026

१ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता



काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम भएका छन् ।

आयोगले ३ मंसिरमा १८ वर्ष उमेर पुग्ने मतदातासहित कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले ४ मंसिरमा हुने निर्वाचनमा मतदान गर्न पाउने बताएको हो ।

आयोगका अनुसार निर्वाचनका लागि ९१ लाख ४० हजार ८ सय ६ पुरुष, ८८ लाख ४७ हजार ५ सय ७९ महिला र १ सय ८५ अन्य मतदाता कायम भएका छन् ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ७७ वटै जिल्लामा गरेर १० हजार ८ सय ९१ मतदानस्थल र २२ हजार २ सय २६ मतदान केन्द्र कायम भएको जानकारी दिए । आयोगले कायम गरेको र मतदान गर्न योग्य मानेका मतदाताले ती मतदानस्थल र केन्द्रमा गएर मतदान गर्न सक्नेछन् ।

आयोगले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कारागारमा रहेका कैदीबन्दी तथा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलगायत अस्थायी मतदाताका लागि भने अस्थायी मतदान केन्द्र तोक्नेछ । आयोगले बुधबारसम्म त्यस्ता मतदाताको विवरण संकलन गरेको थियो ।

आयोगका अनुसार गत ३१ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा देशभरमा गरी १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएका थिए । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ ।

स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका ७ सय ५३ स्थानीय तहमा गरी १० हजार ७ सय ५६ मतदानस्थल निर्धारण गरेको थियो । यस्तै, देशभर २१ हजार ९ सय ५५ मतदान केन्द्र कायम गरिएको थियो ।

प्रतिनिधिसभा तथा निर्वाचनमा भाग लिने प्रयोजनका लागि भने आयोगमा ८६ दल दर्ता भए पनि ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

प्रदेशसभातर्फ भने प्रत्येक प्रदेशमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने दलको संख्या फरकफरक छ । प्रदेश १ मा ३०, मधेस प्रदेशमा ३७, बाग्मतीमा ३२, गण्डकीमा २३, लुम्बिनीमा २५, कर्णालीमा १६ र सुदूरपश्चिममा २० दलले प्रदेशसभातर्फ प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् ।

आयोगमा दर्ता भएका दलको संख्या भने १ सय १६ छ । तर, निर्वाचन प्रयोजनका लागि भने आयोगमा दर्ता कायम रहेका सबै दलले दर्ता गरेका थिएनन् । २०७४ सालमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा भने प्रत्यक्षतर्फ ५५ दलले भाग लिएका थिए । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ७ : ४५ बजे

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका

बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ

नेपालगन्ज । निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी

तल्लो सेती जलविद्युत् आयोजना : पहुँच सडक निर्माण सुरु

दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट