१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लुम्बिनीबाट पोखराका लागि ओलम्पिक टर्च र्याली शुरु



बुटवल । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरुले लुुम्बिनीबाट ओलम्पिक टर्च ¥याली लिएर विहिबार पोखरातर्फ प्रस्थान गरेका छन् ।

लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले ओलम्पियक टर्च ¥यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्चबालेर हस्तान्तरण गरेर ¥यालीको उदघाटन गरिएको छ । मास्केको र्संयोजकत्वमा राष्ट्रिय खेलकुुद प्रतियोगितामा भाग लिने ७ सदस्यीय टोलीले शान्तिदीपबाट दीगो (टर्च) लिएर शुक्रबार पोखरा पुुग्नेछ ।

खेलाडीहरुले विहिबार विहान शान्तिदीपबाट टर्च लिएर लुम्बिनी मायादेवी मन्दिर परिसर परिक्रमा गरि पोखरातर्फ गएका छन । लुम्बिनी विकास कोषका तर्फबाट खेलाडीहरुलाई स्वागत गरिएको थियो ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले खेलाडीहरुलाई सफलताको शूूभकामना दिए । नेपाल खोखो संघका महासचिव समेत रहेका सदस्य सचिव शाक्यले लुम्बिनीको पवित्रभूूमीबाट लिएर जाने शान्तिदीपबाट लिएर गएको टर्चले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरुमा उत्साह थपिने बताए ।

ओलम्पियक टर्च ¥यालीका संयोजक उमेश मास्केले लुम्बिनी शान्ति दीपबाट लगिएको दीगो पोखराका ओलम्पियनहरुमाझ पुु¥याएर उर्जा थप्ने विश्वास लिए ।

खेलाडीहरुलाई लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य,प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, पुुरातत्व शाखा प्रमुख हिमाल उप्रेती, लुम्बिनीका पर्यटन व्यवसायीहरुले खादा लगाएर स्वागत सहित सफलताको शूूभकामना दिएका थिए । नवौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत गण्डकी प्रदेशका विभिन्न ठाउँमा विधागत खेलहरु भइरहेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ११ : ३१ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को