१ श्रावण २०८२, बिहिबार | July 18, 2025

प्रधानमन्त्री देउवाले गरे जसपाका चार मन्त्री बर्खास्त



काठमाडौं । एमालेसँग चुनावी तालमेल गरेर मन्त्रीपदमा बसिरहेका जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गरेका छन् । सत्ता गठबन्धन छाडेर पनि जसपाबाट मन्त्रिपरिषदमा बहाल रहेका जसपाका ४ मन्त्रीलाई प्रधानमन्त्री देउवालदे बर्खास्त गरेका हुन् ।

देउवाले मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई हटाउन सिफारिस गरे बमोजिम मन्त्रीपदबाट पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यसैगरि गत २०७६ चैत्र २४ गते कानुन मन्त्री नियुक्त भएका गोविन्द कोईराला बन्दीको संघीय संसदको सदस्यता नरहेको भन्दै बन्दीलाई पदमुक्त गर्दै उनले सम्हाल्दै आएका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द बहादुर कार्कीलाई तोकिएको पनि सूचनामा उल्लेख छ ।

सूचना :

 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ६ : १७ बजे

खजुराको आयुर्वेदशाखाबाट गत आवमा २१ हजार २ सय १८ नागरिकलाई सेवा प्रदान

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका अन्तरर्गत रहेको नागरिक आरोग्य सेवा

वायुसेवा निगमद्वारा ऋणको किस्ता भुक्तानी

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले असार मसान्तसम्म्को ऋणको

आजबाट श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

काठमाडौँ । नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम

२ बजे सुरु भएको एमाले सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ

एन आई सी एशियाको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी

काठमाडौ । एन आई सी एशिया बैंकले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको