३ पुस २०८२, बिहिबार | December 18, 2025

माथिल्लो दोर्दी ए को परिक्षण उत्पादन सुरु



लमजुङ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’को उत्पादित बिजुली परीक्षण बिहीबारदेखि सुरु भएको छ । दोर्दी गाउँपालिका-६ ढोडेनीमा स्थित २५ मेगावाट क्षमता सो आयोजना एक महिनाअघि निर्माण सम्पन्न भएको थियो । बिहीबार र शुक्रबार दुई दिन मेसिन जडान गर्न समय लाग्ने आयोजनाले जनाएको छ ।

यस आयोजनाको बाँकी रहेको काम पेनस्टक पाइपमा, टनेलमा पानी भर्ने काम, हेडबक्समा गत वर्ष बाढीले क्षति बनाएपछि उक्त समयमा बिजुली उत्पादन गर्न असफल भए पनि ती सबै काम सम्पन्न गरेर यतिबेला बल्ल उत्पादित बिजुली परीक्षण अघि बढेको आयोजनाले जनाएको छ ।

यसको सफल परीक्षणसमेत भइसकेको छ । आयोजना निर्माणका क्रममा तीन अर्ब ९६ करोड लगानीमा निर्माणकार्य सम्पन्न लक्ष्यका साथ अघि बढे पनि यसको लागतसमेत बढेको बताइएको छ ।

सो आयोजना विसं २०७१ बाट निर्माण थालनी गर्दै विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको थियो । तर विनासकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र विसं २०७६ भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन सकेन ।

आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाको बिजुली हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ८ : ३८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका