४ श्रावण २०८३, सोमबार | July 20, 2026

पर्यटकीय तथा धार्मिक आकर्षणको केन्द्र बन्दै कुशेमुसे



सुर्खेत । देशका एक सय उत्कृष्ट पर्यटकीय गन्तव्यमा जाजरकोटको कुशे पनि समेटिएको छ । पर्यटकीय गन्तव्यमा समेटिएसँगै पूर्वाधारका काम सुरु हुन थालेका छन् ।

कुशेपाटनबाट पश्चिम नेपालका अधिकांश हिमचुचुराको अवलोकनका साथै रारा र शोक्सुण्डोसम्मको रुट कार्यक्रम हुने भएपछि यहाँका स्थानीयबासी खुसी भएका छन् । कुशेपाटन तथा हिमालमा जानका लागि चार ठाउँबाट पदमार्ग निर्माणको काम सुरु गर्न थालिएको छ ।

उत्तर पूर्वको कुशे र बारेकोटबाट, पश्चिमको जुनिचाँदे, टिकाचौरबाट पदमार्ग निर्माणका लागि पहल सुरु भएको छ । त्यस्तै पाटन तथा हिमालको माथिल्लो भागमा यात्रा गर्नका लागि अर्को पदमार्ग निर्माणको गुरु योजना रहेको छ ।

हाइअल्टिच्युटमा विभिन्न गतिविधि गर्नका लागि त्यहाँ पद मार्ग निर्माण गर्न लागिएको छ । जैविक विविधताको अवलोकनदेखि दृश्य अवलोकन, विभिन्न खेल खेल्नका लागि हाइअल्टिच्युटमै सडक निर्माणको कामलाई पनि बढी प्राथमिकता दिएर काम हुने पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।

विभिन्न विषयमा अध्ययन गर्ने अध्ययताका लागि वातावरण अनुकूलको व्यवस्थापन गर्न होटेल व्यवस्थापनदेखि विभिन्न अनुकूलताका कामसमेत एकै साथ सुरु हुने उनले बताए । कुशे चाखुरेबाट फोक्सुण्डो जाने पदमार्गका साथै चौधारीबाट रारा जोड्ने अर्को पदमार्गको लागि आवश्यक बजेटका साथै कार्ययोजना निर्माण भएको छ । कुशेमुसे पाटनमा तथा हिमालमा ३४ वटा चर्चित पाटन तथा तालतलैया रहेको कुशे गाउँपालिका वेबसाइटमा समेत जानकारी रहेको छ ।

यही पाटनको बीचबाट जुम्ला जोड्नका लागि सुरुङ मार्गको सम्भाव्यता अध्ययन कार्य जारी छ । शे फोक्सुण्डोदेखि रारासँग जोडिएको यो उच्च भाग पश्चिम नेपालको सबै ठाउँमा देख्न सकिने उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने कुरामा सरोकारवाला निकाय सहमत भएका छन् । यही हिमालबाट पग्लिएको हिउँबाट नलगाड नदी बग्ने गर्दछ ।

नलगाड नदीको सफा कञ्चन पानीबाट निर्माण हुन लागेको जलाशय युक्त नलगाड जलविद्युत् आयोजनाको ड्यामसमेत यहाँको उत्कृष्ट पर्यटन प्रवर्धनका लागि उपयुक्त स्थल बन्ने भएको छ । त्यस्तै भेरी नदीमा जलयात्रासमेत चर्चित रहँदै आएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ५ : ५० बजे

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको

साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित